Comments Add Comment

प्रमाणपत्र प्रमाणित गरेर मात्र काम गर्न डाक्टरहरुलाई चिकित्सक संघको अपील

५ असार, काठमाडौं । नेपाल चिकित्सक संघले डाक्टरहरुलाई आफ्ना प्रमाणपत्रहरु सक्कली भएको प्रमाणित गरेर मात्र काम गर्न आहृवान गरेको छ ।

Nepal-Medical-Associationनक्कली प्रमाणपत्रका आधारमा डाक्डर बनेको अभियोगमा प्रहरीले पछिल्लो पटक ३६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले दबंग शैलीमा चिकित्सकहरुलाई पक्राउ गरेको भन्दै चिकित्सक संघले प्रहरी प्रमुख, केन्द्रीय अनसन्धान ब्यूरो प्रमुखका साथै मानवअधिकार आयोग र नेपाल मेडिकल काउन्सिलको ध्यानाकर्षण गराएको छ ।

साथै संघले देशभरका चिकित्सकहरुलाई सरकारबाट आफ्ना प्रमाणपत्रहरु सक्कली भएको प्रमाणित गरेर मात्र काममा लाग्न अपील गरेको छ । उसले चिकित्सा सेवा प्रभावित हुने सम्भावना देखिएको छ ।

यद्यपि संघका महासचिव मुक्तिराम श्रेष्ठले भने सेवा बन्द गर्न नभनेको बताउँछन् । उनले भने, आवश्यक ठान्नेहरु तत्काल नै आएर प्रमाणित गर्छन् । अरुले काम गर्दै आफ्नो समयमा आएर प्रमाणित गर्न सक्छन् ।’

संघले नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिएका चिकित्सकहरुलाई नक्कली भनेर पक्राउ गरेको भन्दै काउन्लिसको आधिकारिकतामाथि प्रश्न उठाएको छ । महासचिव श्रेष्ठले भने, ‘काउन्सिलले प्रमाणित गरेको त नक्कली भनेर पक्राउ गरेको छ । अब कहाँ गएर प्रमाणित गराउनु पर्ने हो सरकारले भन्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment