+
+
Shares

युवतीसँग आइरिस फ्यानहरुको मस्ती

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ६ गते १७:२०

बेल्जियमसँग आयरल्याण्डले ३-० गोल अन्तरले हारेलगत्तै आइरिस फ्यानहरुले एउटी ग्ल्यामरस युवतीसँग मस्ती गरेको भिडियो अहिले निकै चर्चित बनेको छ । भिडियोमा ती युवतीलाई चारैतिरबाट घेरेर फ्यानहरुको भीडले गीत गाइरहेको देखिन्छ ।

Ullala‘क्यान यू टेक माइ आइज अफ यु’ बोलको गीत गाउँदै फ्यानहरुले घेर्दा युवती पनि मख्ख पर्छिन् । उनी आफ्नो मोबाइल निकालेर वरिपरी घुम्दै सबैको भिडियो खिच्न थाल्छिन् । यही बीचमा एक जनाले युवतीलाई छोटो किस गर्न भ्याउँछन् । युवतीले आपत्ति जनाउदिनन् ।

गीत सकिएपछि उनले एक युवकलाई गालामा मिठो किस गरिदिन्छन् । युवकले उनको किस लिन सफल भएकोमा भीडले जोडदार रुपमा खुशी मनाउँछ । तर, किस पाएका युवक लजाएको भावमा अर्कोतिर फर्किन्छन् । युवती भने उमंगमा रमाइरहेकी हुन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?