+
+

‘तीन घुम्ती’को आशमा ध्रुव र सुशान्त

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ८ गते ११:५७

dhruba-and-garima

यूकेमा बस्दै आएका कलाकार ध्रुव दत्तले अहिलेसम्म ८ वटा फिल्ममा अभिनय गरिसकेका छन् । तर, उनलाई आशातित सफलता मिलेको छैन ।

यूकेमा बसेर पनि बर्षमा एउटा चलचित्रमा अभिनय गर्न भ्याएका धु्रव असार १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘तीन घुम्ती’बाट पनि आशावादी देखिएका छन् ।

उनले यो चलचित्र आफ्नो करिअरका लागि नै कोशेढुंगा बन्नेमा विश्वास राखे । धु्रवले यो चलचित्रबाट आफूले ठेट नेपाली भाषा सिक्न पाएको बताए । चलचित्रमा उनले ‘पिताम्बर’को भूमिका निर्वाहा गरेका छन् । यो चलचित्रको पात्र भित्र भिजेर काम गर्न केही गाह्रो भएपनि आफूले सक्दो मिहिनेत गरेको दत्तको भनाई छ ।

ध्रुवमात्र होइन, चलचित्रका अर्का कलाकार सुशान्त कार्की पनि यो चलचित्रबाट आफ्नो अभिनयको मुल्यांकन हुनेमा ढुक्क छन् । चलचित्रमा एक्ली नायिका छिन्, गरिमा पन्त । गरिमासँग बिहे गरेका धु्रव र प्रेम गरेका सुशान्तविच प्रेमयुद्ध पनि हुन्छ ।

बाबुराम ढकालले निर्देशन गरेको यो चलचित्रलाई कर्मा प्रोडक्शनले निर्माण गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?