+
+

नेपाल घर-घरमा आँसुकवि भएको मुलुक: प्रधानमन्त्री

रासस रासस
२०७३ असार ९ गते १४:४१

Kp-oli

९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल गाउँ-गाउँ र घर-घरमा आँसुकवि भएको मुलुक भएको बताएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ५९ औँ वार्षिकोत्सका अवसरमा बिहीबार आयोजित राष्ट्रिय कविता महोत्वस उदघाटन गर्दै प्रधानमन्त्री ओलीले हजारौँ वर्ष पहिले तपोभूमि, शान्तिभूमिका दृष्टिले दुनियाँमा यो धर्ती अगाडि रहेको उल्लेख गरे ।

नपढेकाले पनि घाँस काट्दा काट्दै दोहोरी र गीत प्रस्तुत गर्न सक्ने नेपालीको सामर्थ्यको प्रशंसा गर्दै उनले अबको कवितामा सामाजिकता, वैज्ञानिकता, मानवीयता र अन्तर्राष्ट्रियतासहित भाव र कला अभिव्यक्त भएर आउने विचार व्यक्त गरे ।

साहित्य क्षेत्रलाई सरकारबाट गर्नुपर्ने सहयोग रहने विश्वास दिलाउँदै उनले भने, ‘हामीलाई थाहा छ, कविता बारीमा मकै छरेजस्तो प्रतिफल दिने क्षेत्र होइन, यो तुरुन्तै उम्रँदैन । देखिने प्रतिफल नदेखिन पनि सक्छ तर हामीले लगानी गर्नुपर्छ ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीलाई कलाकार तथा कर्मचारी सङ्गठनद्वारा सङ्कलित ‘मेरो धरहरा: म बनाउँछु’ अभियानका लागि रु ४१ हजार रकम हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा कलाकारहरु सुक्मित गुरुङ, सुरेशराज आचार्य, रमेश अधिकारी, रेखा थापा गुरुङ र कर्मचारी सीता कार्कीलाई दीर्घ सेवा पदक (२५ वर्ष) प्रदान गरिएको थियो ।

संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेल, कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्व उपकुलपति बैरागी काइँलालगायतले महोत्सवको सफलताको कामना गरेका थिए ।

महोत्सवमा ३३३ कविले आवेदन दिएकामा ४५ लाई प्रतियोगीका रुपमा सहभागी गराइएको र २१ अतिथि कवि रहेको पद्य विभाग प्रमुख डा. अमर गिरीले जानकारी दिए ।

राष्ट्रिय प्राणी उद्यानको शिलान्यास

यसैबीच प्रधानमन्त्री ओलीले बिहीबारै भक्तपुरको सूर्यविनायकमा निर्माण हुन लागेको राष्ट्रिय प्राणी उद्यानको शिलान्यास गरेका छन् ।

वन तथा भू–संरक्षण मन्त्रालयले आयोजना गरेको शिलान्यास कार्यक्रममा उनले सरकारले अहिले नयाँ प्रयोग र सोचका साथ विकास निर्माण कार्यलाई अगाडि बढाएको बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?