Comments Add Comment

साथीको हत्या आरोपमा २ किशोर पक्राऊ

Sushil-and-Prakash

९ असार, घोराही । आफ्नै साथीको हत्या गरेको आरोपमा दुई जना किशोरलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ ।

गत आइतबार घोराहीस्थित मनकामना महिला सामुदायिक बनमा शव भेटिएका रातामाटाका १६ वर्षीय अर्जुन सुनारको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका रातामाटाकै सुशील चौधरी र प्रकाश सुनार रझेना माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरु हुन् ।

शनिबार भूमि नाचमा झगडा परेपछि उनीहरुले बाटो ढुकेर राती करिब साढे नौ बजे सुनारको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी धिरजप्रताप सिंहले दिएको जानकारी अनुसार चौधरी र सुनारले ढुंगाले हानेर अर्जुनको हत्या गरेका थिए ।

‘पहिलेदेखि नै उनीहरुबीच व्यक्तिगत रिसिवी रहेछ त्यहि निहुँमा शनिबारको भुमि नाचमा पनि झगडा परेपछि अर्जुनको हत्या भएको देखिन्छ,’ एसपी सिंहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment