Comments Add Comment

अनिल कुम्बले टिम इण्डियाको मुख्य प्रशिक्षक नियुक्त

anil-kumble

९ असार, काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अनिल कुम्बलेलाई नियुक्त गरेको छ । धर्मशालामा भएको पत्रकार सम्मेलनमा बीसीसीआईका प्रमुख अनुराग ठाकुरले कुम्बलेको नाम घोषणा गरेका हुन् ।

मुख्य प्रशिक्षकका लागि रवि शास्त्री र कुम्बलेको प्रतिस्पर्धा भएको खबरहरु आएको थियो । सचिन तेन्दुलकर, सौरभ गांगुली, भीभीएस लक्ष्मण र संजय दगदालेको सल्लाहकार समितिले टिम इण्डियाको मुख्य प्रशिक्षक चयन गरेको हो ।

नयाँ प्रशिक्षकका लागि ५७ आवेदन गरेको थियो । जसमध्ये २१ जनालाई अन्तर्वार्ता लिइएको थियो ।

अहिले कुम्बलेलाई एक वर्षका लागि प्रशिक्षक नियुक्त गरिएको छ । उनले २००७/०८ मा सन्यास लिएका थिए । उनले १३२ टेष्टमा २५०६ रन बनाएका छन् भने ६१९ विकेट लिएका छन् । यस्तै २७१ वनडे खेलेका उनले ९३८ रन बनाउनुका साथै ३३७ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment