+
+

गंगाको पीडाःमेरा श्रीमान् कहाँ छन् ?

रासस रासस
२०७३ असार ९ गते १९:५१

९ असार, काठमाडौं । बेपत्ता श्रीमानको खोजी गर्न आग्रह गर्दै रुकुम खलङ्गा–२ की गङ्गा खड्का अहिले विभिन्न सरकारी कार्यालय धाइरहेकी छन् ।

विसं २०७१ साउन २९ गते काठमाडौंको सतुङ्गलस्थित डेराबाट बेपत्ता श्रीमान् राजेन्द्रको खोजी गर्न आग्रह गर्दै उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, प्रहरी कार्यालय तथा राष्ट्रिय मानव अधिकार आयोग धाइरहेकी छन् । “श्रीमान् हराएदेखि नै खोजिदिन आग्रह गर्दै विभिन्न कार्यालय धाएँ । अहिलेसम्म कसैले पनि खोजिदिएका छैनन्,  उनले भनिन् ।

गङ्गाको आफ्ना श्रीमान् जीवित वा मृत जे भए पनि यथार्थ जानकारी पाइयोस् भन्ने चाहना छ । उनले मानव अधिकार आयोग र प्रहरी अपराध महाशाखामा पनि बेपत्ता श्रीमान् खोजीका लागि निवेदन दिएकी छन् ।

सशस्त्र प्रहरी बल, रक्तकाली गण सुर्खेत,बाङ्गेसिमलमा हवल्दार पदमा जागिरे राजेन्द्र सतुङ्गलस्थित डेरामा आएका बेला दुई वर्षदेखि बेपत्ता भएको २६ वर्षीया गङ्गाले बताइन् , “त्यो दिन मलाई घुम्न जाऔँ भन्नुभयो, म गइन,  घुमेर साँझ आउनुभएको थियो” उनले भनिन्  “साँझ आएपछि भेट भयो, म भान्सामा पसेपछि उहाँ कता जानुभयो कता ?”

उनले श्रीमानलाई खोजी गरिदिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री शक्तिबहादुर बस्नेतसँगै भेटेरै आग्रह गरेकी छन् । “प्रधानमन्त्रीले मेरो श्रीमान् हराएकाप्रति चासो राख्नुभएको छ, उनले भने, ‘प्रधानमन्त्रीबाट श्रीमान्का बारेमा केही थाहा पाइन्छ कि भन्ने आशा पलाएको छ ।’

श्रीमान् सशस्त्र प्रहरीमा रहेकाले सशस्त्र प्रहरीको प्रधान कार्यालयमा उहाँ धेरै पटक श्रीमान् खोजिदिन आग्रह गर्दै पुग्नुभयो, तर  कार्यालयले श्रीमान्को खोजी गर्न कुनै पहल नगरेको गुनासो उनको छ । “हराएको दिन साँझ नीलबाराही गणमा कार्यरत प्रहरी जवानले राजेन्द्रको खोजी गरेका थिए”– उनले भने, “प्रहरीले डेरा नजिकैको बलम्बु खोलामा समेत खोजेका थिए तर त्यसपछि कसैले खोजी गरेको छैन ।”

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?