Comments Add Comment

संघीय गठवन्धन विना मधेसी मोर्चा सरकारसँग वार्तामा बस्छः महतो

rajendra mahato१० असार, काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संघीय गठबन्धन विना नै सरकारसँगको वार्तामा सहभागी हुने बताएका छन् ।

गठबन्धनले वार्ताका लागि सरकारलाई दवाब दिने गरी आन्दोलन गर्न नसकेको भन्दै उनले वार्ताका लागि मोर्चा गठबन्धनलाई कुरेर बस्ने पक्षमा नरहेको बताए ।

सदभावनाका अध्यक्ष महतोले शुक्रबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी गठबन्धनलाई सरकारले पत्राचार नगरेको अवस्थामा मोर्चा गठबन्धन विना नै वार्तामा सहभागी हुने बताए ।

सदभावनाका अध्यक्ष महतोले मोर्चा वार्ताबाट समस्याको समाधान खोज्न तयार भएको अवस्थामा सरकार गम्भीर हुनुपर्ने बताए ।

मोर्चाले आफ्ना राजनीतिक माग पूरा गर्ने प्रतिबद्धता अहिले नै नखोजेको भन्दै आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई सहिद घोषणा गरिनुपर्ने, घाइतेहरुको उपचार गरिनुपर्ने लगायतका पूर्वशर्त तत्काल पूरा गरेर वार्ताको वातावरण बनाउन सरकारसँग आग्रह गरे ।

सदभावनाका अध्यक्ष महतोले तत्काल वार्ता हुन नसकेको अवस्थामा मोर्चाले फेरि मधेसका जिल्ला केन्दि्रत आन्दोलन गर्ने र त्यो सरकारका लागि निकै घातक हुने चेतावनी दिए ।

सदभावनाको कार्य सम्पादन समितिको ६ दिन लामो बैठकले राजनीतिक विभागमा अध्यक्ष महतो, संगठन विभागमा सहअध्यक्ष लक्ष्मणलाल कर्णसहित पार्टीका ३२ वटा विभागका प्रमुखहरुको मनोनयन गरेको छ । यसैगरी २१ वटा वर्गीय मञ्चमा इन्चार्ज तोकिएको छ ।

यस्तै, बैठकले सांगठनिक गतिविधि प्रभावकारी तुल्याउन भन्दै विभिन्न्ा २५ जिल्लामा इन्चार्ज तोक्ने काम पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment