+
+

अंग्रेजी सिक्दै अपराध महाशाखाका प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १२ गते १९:२३

English Language Training to Nepal Police

१२ असार, काठमाडौं । विश्वब्यापी बन्दै गइरहेको अंग्रेजी भाषामा नेपाल प्रहरीलाई पनि दक्ष बनाउन भन्दै महानगरीय अपराध महाशाखाका प्रहरीलाई अंग्रेजी भाषाको प्रशिक्षण दिइएको छ ।

अर्विट इन्टरनेशलनले आयोजना गरेको २० दिने अंग्रेजी भाषा प्रशिक्षणमा महाशाखाका २६ जना प्रहरी अधिकृत तथा जवानहरु सहभागी थिए । सहभागीहरुले गत बैशाख २२ देखि जेठ १४ गतेसम्म अंग्रेजी भाषाको बिशेष कक्षा लिए ।

अंग्रेजी भाषा कक्षामा सहभागी भएकाहरुलाई आइतबार आयोजित एक कार्यक्रममा प्रमाणपत्र दिइयो ।

प्रमाणपत्र वितरण कार्यक्रमका महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले अपराध अनुसन्धानमा पनि अंग्रेजी भाषाको ज्ञान हुनु जरुरी हुन थालेेकाले आफू मातहातका प्रहरीलाई प्रशिक्षणमा सहभागी गराइएको बताए । उनले भने, ‘हरेक कर्मचारीलाई सेवामा रहँदामात्र नभइ पछिका दिनमा पनि अंग्रेजी भाषाको अवश्यकता उत्तिकै रहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?