+
+

स्लोभाकियालाई पन्छाउँदै जर्मनी अन्तिम आठमा

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १३ गते ३:३९

Draxler goal

काठमाडौं । युरोकपको उपाधिको प्रमुख दाबेदार जर्मनीले स्लोभाकियालाई हराएको छ । र, क्वार्टरफाइनलमा स्पेन र इटलीको विजेतासँगको भेट पक्का गरेको छ ।

आइतबार राति भएको खेलमा जर्मनीले स्लोभाकियामाथि ३-० को जित दर्ता गरेको छ ।

विश्व विजेता जर्मनीले आठौं मिनेटमा नै जेरोमी बोटेङको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको खेल सकिन दुई मिनेटमात्र बाँकी छँदा मारिओ गोमेजले २५ यार्ड टाढाबाट भली गोल गरे ।

त्यसअघि १४ औं मिनेटमा नै जर्मनीले अग्रता दोब्बर गर्ने मौका पाएको थियो । तर, उसका ओजिल पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

खेलको ६३ औं मिनेटमा जुलिआन ड्राक्लरले गोल गरेपछि जर्मनीले सहज जित हात पार्‍यो ।

लिलेमा भएको खेलमा तीन पटकको युरोपियन च्याम्पियनले आफ्नो खेल स्तर देखाएको थियो । ४-२-३-१ को फर्मेसनमा मैदान उत्रिएको जर्मनीले ड्राक्लर दायाा, ओजिल बीचमा र थोमस मुलरलाई बााया राखेर स्ट्राइकरमा गोमेज मात्र खेलेका थिए र बल पोजिसन निकै राम्रो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?