१३ असार, काठमाडौं । सिंगापुर एयरलाइन्सको विमान आकस्मिक अवतरण गरेलगतै आगलागी भएको छ ।
फ्लाइन एसक्यू ३६८ मिलानका लागि उडेको थियो । तर, चालकले इन्जिनमा समस्या भएको घोषणा गर्दै चेङ्गी विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए ।
विमानमा २ सय २२ यात्रु र चालक दलका १९ सदस्य थिए । अवतरणको केहीबेरमा नै विमानमा आगलागी भएको थियो । तर, सबै यात्रु सकुशल छन् ।
विमान उडेको झण्डै एक घन्टा भएपछि यात्रुहरुले ग्यासको गन्ध आएको बताएका थिए । लगत्तै पाइलटले इन्धन चुहिएको भन्दै विमानलाई सिंगापुर नै फर्काएर सम्भावित ठूलो दुर्घटनाबाट जोगाएका छन् ।