Comments Add Comment

मध्य असारसम्म रुपन्देहीमा २० प्रतिशत धान रोपियो

१० प्रतिशतको बिउ राख्नै बाँकी

ropai a१५ असार, बुटवल । मध्य असारसम्म रुपन्देहीमा २० प्रतिशत मात्र धान रोपिएको छ । असारको पहिलोसाताबाट रोपाइ शुरु भएको थियो ।अहिले भने दैनिक रुपमा पानी पर्न थालेपछि किसानले राहत महसुस गरेका छन्  ।

पानीको अभावले गर्दा रोपाई गर्न नसकेका किसानहरु पानी पर्न थालेपछि रोपाईमा ब्यस्त हुन थालेका हुन् । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा असार १५ सम्म  २० प्रतिशतमात्रै रोपाई भएको छ ।

९० प्रतिशत किसानहरुले बिउ राखिसकेको र बाकी १० प्रतिशतले पनि पानी परेसंगै बिउ राखेको कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटाले जानकारी दिए । रुपन्देहीमा ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोे छ  ।

जसमध्ये सिंचीत एरीया ५० हजार ६ सय १७ हेक्टर रहेको छ । यो बर्ष मनसुन बेलैमा सक्रिय भएकाले धानको उत्पादन बढ्न सक्ने कृषि विज्ञहरुले बताएका छन् । कृषि विकास कार्यालयका प्रमुख सापकोटाका अनुसार बषर्ाले रुपन्देहीमा धान रोपाईले गती लिएको छ । असारभरमा ८० प्रतिशत खेतमा रोपाई हुनेछ ,उनले भने -यो बर्ष मनसुनले साथ दिने आश छ । जिल्लाको उत्तरी क्षेत्रमा रोपाई धमाधम शुरु भएको हो ।

देवदह, फर्साटिकर, शंकरनगर, मणिग्राम, मानपकडी, सालझन्डी, सैनामैनामा रोपाई शुरु भएको छ ।

dhannnबोगडी, लुम्बिनी आदर्श, मधुवनी, साडी, करौता, सुर्यपूरा, गुठी प्रसौनी, आमा, लगायतका गाबिसहरुमा भने धेरैजसो किसानले धानको बिउ राखिरहेका छन् ।

रुपन्देहीमा उन्नत र हाइबि्रड जातका धान रोपिएको छ । कृषि कार्यालयका अनुसार उन्नत धानतर्फ सुख्खा ३, सावा मन्सुली, सावित्री, मकवानपुर १, सुनौली सुगन्ध, कालानमक जस्ता प्रजातीका धान रोपिएको छ । यस्तै हाईब्रेड जातमा गोरखनाथ ५०९, लोकनाथ ५०५,एराइज ६४६४, पृथ्वी, सुरज, चाँदनी, भर्ती लगायतका धानको बिउ किसानले रोपेका छन्  ।

परम्परागत तरिकाले पहिलेदेखि रोप्दै आएका धानको तुलनामा कृषि कार्यालयले सिफारिस गरेको नया र उन्नत जातका धानहरु यसबर्ष बढि मात्रामा रोपिएकोले उत्पादन राम्रै हुने अनुमान कार्यालयको छ ।

जिल्लाको हावापानी तथा माटो सुहाउंदो हाईब्रेड जातका धानको पनि दक्षिणी भेगमा उत्पादन गरिएपछि  रुपन्देहीको उत्पादन बढ्दै गएको छ ।  रुपन्देही धानको उत्पादनको हिसाबले अग्रणी जिल्ला हो । तर बर्षेनी पलटिङ गर्नेक्रम बढेकाले उत्पादन घट्दै गएको छ ।

आर्थिक बर्ष ७१/७२ मा रुपन्देहीमा ७९ हजार ६ सय हेक्टरमा धानखेती भएकोमा ३ लाख २० हजार १ सय ६० मेट्रिक टन उत्पादन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment