१५ असार, काठमाडौं । विश्व बैंकले नेपालमा गरिबीको रेखामुनी रहेको जनसंख्या अझै २५ दशमलव २ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको छ ।
नेपालले दुई दशकको अवधिमा उल्लेख्य प्रगति गरे पनि गरिबीको रेखामुनीबाट उठेका जनता फेरि गरिब नै हुनसक्ने चेतावनी बैंकले दिएको छ ।
विश्व बैंकले बुधबार काठमाडौंमा गरिबी सम्बन्धी प्रतिवेदन सार्बजनिक गर्दै यस्तो चेतावनी दिएको हो ।
सरकारले तीन वर्ष पहिले १३ औं योजना सार्वजनिक गर्ने क्रममा नै गरिबी २३ दशमलव ८ प्रतिशतमा झरेको बताएको थियो ।
आम्दानीको दिगोपनाको अभावमा गरिबीको रेखामुनीबाट उठेका जनता फेरि गरिब नै हुनसक्ने खतरा रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा गरिबी वर्षेनी औसतमा २ दशमलव २ प्रतिशतका दरले घटेको उल्लेख गरिएको छ ।
प्रतिवेदन सार्वजनिक गर्ने क्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले सामाजिक क्षेत्रको विकासमार्फत गरिबी सन्तोषजनक रुपमा घटेकामा गत वर्ष गएको भूकम्पका कारण गरिबहरुको संख्या फेरि बढ्न पुगेको बताए ।
प्रतिक्रिया 4