१६ असार, काठमाडौं । बार्सिलोनाका अध्यक्ष जोसप मारिया बार्टोमेउले नेयमार क्लबमै बस्ने र नयाँ सम्झौता गर्ने बताएका छन् ।
२४ वर्षे नेयमार २०१३ मा सान्तोसबाट बार्सिलोना आएपछि ९३ खेल खेल्दै ५५ गोल गरेका छन् । तर, पछिल्लो समय उनलाई म्यानचेष्टर युनाइटेड र पेरिस सेन्ट जर्मेनले भित्र्याउन चाहेका छन् ।
बार्सिलोनासँगको उनको सम्झौता २०१८ सम्म छ र क्लबका अध्यक्ष मारियाले भनेका छन्, नेयमार यही बस्न चाहन्छन् र अबको केही दिनमा उनको सम्झौता लम्ब्याइनेछ ।’
नेयमारले देशका लागि ७० खेल खेलेका छन् र ४६ गोल गरेका छन् । र, अब उनी रियो ओलम्पिकका लागि ब्राजिलको टोलीमा छन् ।
प्रतिक्रिया 4