Comments Add Comment

पूर्वमन्त्री मंगलसिद्धी मानन्धरको निधन

१७ असार, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका नेता एवं पूर्वमन्त्री मंगलसिद्धी मानन्धरको ७५ वर्षको उमेरमा निधन भएको छ ।

MangalSiddhi-Manandhar-deathमानन्धरको हृदयघातका कारण शुक्रबार विहान १० बजेर ४५ मिनेटमा निधन भएको हो । उनको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनको दुई महिना अघि मात्र भारतको राजिव गान्धी अस्पतालमा क्यान्सरको उपचार गरिएको थियो ।

मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी छन् । एउटा छोरा भारतमा रहेकाले भोलि मात्र अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका मानन्धर अहिले संघीय समाजवादी फोरमको सल्लाहकार समिति प्रमुख थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment