Comments Add Comment

वेल्स भर्सेस बेल्जियमः वेल्सले नौनीमा चक्कु चलाउन नदिने

Wales-Vs-belgium

काठमाडौं । पहिलो पटक फाइनल चरण खेलिरहेको वेल्सका लागि आजको खेलमा बेल्जियमलाई हराएर युरो २०१६ मा आफ्नो यात्रा जारी राख्ने सुनौलो मौका त छँदैछ ।

सँगै क्रिस कलम्यानको टोलीलाइ तिहासमै पहिलो पटक ठूला प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउने मौका छ । किनकी वेल्स सन् १९५८ को विश्वकपको क्वार्टरफाइनलमा ब्राजिलसँग पराजित भएर बाहिरिएपछि पहिलो पटक ठूला प्रतियोगिता खेल्दैछ ।

१९५८ को त्यस खेलमा १७ बर्षीय स्ट्राइकर पेलेले ब्राजिलका लागि गरेको पहिलो गोलसँगै वेलस बाहिरिएको थियो । पछिल्लो ५८ बर्षमा वेल्स अन्तर्राष्ट्रिय ठूला प्रतियोगितामा सहभागिता जनाउन संघर्षरत रहृयो ।

अहिले वेल्सको त्यतिबेलाको प्रशिद्ध टोलीभन्दा उच्च गुणस्तरको टोलीले इतिहास कायम गर्ने अपेक्षा प्रशिक्षक कलम्यानले गरेका छन् । यद्यपि बलियो बेल्जियमलाई हराउन त्यति सजिलो भने छैन । प्रतियोगिताको पहिलो खेलमा इटलीबिरुद्ध पराजित भएपछि सम्हालिएको मार्क विल्मटको टोली बेल्जियमले पछिल्ला खेलहरुमा निक्कै सुधारिएको प्रदर्शन गरेको छ ।

इडेन हाजार्ड, जसको प्ररणादायी प्रदर्शनको सहयोगमा प्रि-क्वाटरफाइनलमा बेल्जियमले हंगेरीलाई ४-० गोलले हराएको थियो । र, यो प्रतियोगितामा अहिलेसम्म सबैभन्दा ठूलो अन्तरको जित हो । यदि बेल्जियमलाई हराउँदै सेमिफाइनलमा स्थान बनाउनुछ भने क्रिस कोलम्यानले सबैभन्दा पहिले हाजार्डलाई रोक्ने बलियो रणनीति बनाउनु आवश्यक छ । जसरी उनीहरुले गत बर्षको छनौट चरणमा रोकेका थिए ।

आज राति पौने १ बजे लिलीस्थित स्टेड पियर्रेमा प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलको रुपमा यी दुईटोली आमने सामने हुनेछन् ।

वेल्सका प्रशिक्षक कोलम्यानलाई कप्तान तथा स्टार डिफेण्डर एस्ले विलियम्सको फिटनेसको चिन्ता थपिएको छ । उनी अघिल्लो खेलमा काँधको चोटबाट ग्रसित भएको थिए । यद्यपि उनको स्वास्थ्यमा सुधार आएको छ ।

यस्तै समस्या बेल्जियमका प्रशिक्षक विल्मटलाई पनि छ । सुपरस्टार हाजार्ड हंगेरीबिरुद्धको खेलमा चोटग्रस्त भएपछि गत मंगलबारको प्रशिक्षण गुमाएका थिए । तरपनि उनी वेल्सबिरुद्ध खेल्ने सम्भावना भने कायमै छ ।

वेल्स र बेल्जियमले आधिकारिक रुपमा अहिलेसम्म १० पटक आमने सामने भएका छन् । त्यसमा बेल्जियमको पल्ला भारी छ । उसले चार खेलमा जित हासिल गरेको छ भने वेल्सले ३ खेल जितेको छ । ३ खेल बराबरीका सकिएको थियो । पछिल्लो पटक सन् २०१४ को नोभेम्बरमा भएको खेल गोररहित बराबरीमा सकिएको थियो ।

के भन्छन्, प्रशिक्षकः

क्रिश कोलम्यान, वेल्स

यदि हामीले बेल्जियमलाई खुल्ला छोड्यौं भने उसका लागि त्यो बटर (नौनी)मा चक्कु चलाएजस्तै सहज हुनेछ । उनीहरुले हामीबिरुद्ध व्यापक तयारी गरेका छन्, तर हामीले पनि त्यस्तै तयारी गरेका छौं । मेरो टोलीले सँधै ठूला विपक्षीबिरुद्ध उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

उल्लेख्य कुरा के हो भने हामीले बेल्जियमको यो टोलीलाई यसअघि पनि झेलिसकेका छौं । हामी एक अण्डरडग हौं । उनीहरुले हामीबिरुद्ध जितको मानसिकता बनाएका होलान्, उनीहरुको खेलाडीको स्तर अनुसार त्यो पनि ठीकै हो तर फुटबलमा त्यस्तो हुन्न ।

मार्क विल्मट, बेल्जियम

जन भर्टोङहेन प्रशिक्षणको क्रममा बायाँ खुट्टाको चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन् । यो हाम्रा लागि निकै दुःखदायी क्षण हो । उनी ६ देखि ८ साता मैदान बाहिर हुनेछन् । यद्यपि हामीसँग विकल्पहरु छन् ।

मेरो खेलाडीहरु प्रतियोगिताको अर्को चरणमा प्रवेश गर्न आतुर छन् । र यो राम्रो अवसर पनि हो कि प्रतियोगितामा जे भइरहेको छ । हंगेरीलाई पराजित गर्सँगै हामी वेल्सबिरुद्धको खेलका लागि केन्दि्रत छौं । हामी क्वार्टरफाइनलमा छौं । म अपेक्षा गर्छु कि हामीले यस खेलमा पनि उस्तै उत्कृष्ट खेल्नेछौं जस्तो यसअघि खेलेका थियौं ।

एउटा म्यानेजरलाई प्रतियोगिताको रेष्ट डेका बेला निक्कै चिन्ता हुन्छ । हंगेरीबिरुद्ध राम्रो खेलियो । तर हामीले यो सोच्नु ठीक हुँदैन कि वेल्सबिरुद्ध पनि हामीले सहज जित हासिल गर्न सक्छौं । यो एकदमै कठिन खेल हुनेछ । वेल्सको टोलीसँग राम्रो पेस छ र अधिकांश खेलाडीले इंग्ल्याण्डबाट खेल्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment