Comments Add Comment

नक्कली डाक्टरहरूको लाइसेन्स निलम्बन हुन सकेन

doctor-white-coat-१८ असार काठमाडौं ।  नक्कली प्रमाणपत्र भएका ३६ जना चिकित्सकविरुद्ध प्रहरीले अदालतमा मुद्दा दायर गरेको छ । तर, उनीहरूको लाइसेन्स भने अझै कायम नै छ ।

नेपाल मेडिकल काउन्सिलभित्रको नियुक्ति विवादले गर्दा पक्राउ परेका चिकित्सकहरूको लाइसेन्स निलम्बन हुन नसकेको हो । जसका कारण मुद्दा कमजोर हुनसक्ने प्रहरीको आशंका छ ।

पक्राउ परेकाहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार विभिन्न ११ जिल्लामा मुद्दा दायर गरेको छ ।यसअघि पक्राउ परेका १७ जनाको लाइसेन्स भने रद्द  भइसकेको छ ।

नक्कली प्रमाणपत्रधारी चिकित्सकलाई कारबाही गर्ने प्रस्ट कानुन छैन । मेडिकल काउन्सिल ऐनमा पनि यससम्बन्धी स्पष्ट व्यवस्था छैन । ‘०२० सालमा ऐन बनेको हो, त्यतिवेला डाक्टरलाई भगवान्जस्तो मानिन्थ्यो, कसैको सर्टिफिकेट नक्कली होला भन्ने अनुमान नै गर्न सकिँदैन थियो,’ मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्स्कोटाले भने, ‘अब हामी ऐन संशोधनको प्रक्रियामा लागेका छौँ ।’

एमबिबिएसको छानबिनमा समस्या हालसम्म पक्राउ परेका चिकित्सकहरूको आइएस्सीको शैक्षिक प्रमाणपत्र मात्र छानबिन भएको हो । उनीहरूको एमबिबिएस तथा बिडिएसको प्रमाणपत्र प्रहरीले छानबिन भएको छैन । छानबिनका लागि आर्थिक समस्या रहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।

शैक्षिक प्रमाणपत्रको छानबिन सम्बन्धित देशमै गएर गर्नुपर्ने हुन्छ । पक्राउ परेकाहरूले चीन, रसिया, फिलिपिन्स, बंगलादेश, पाकिस्तान, काजकिस्तानलगायतका देशमा एमबिबिएस पढेको देखिन्छ । तर, त्यहाँ गएर छानबिन गर्न स्रोत–साधन नभएको सिआइबीका एसपी लम्सालले बताए ।

सिआइबीले पक्राउ गरेका ३६ जनालाई उनीहरू कार्यरत जिल्लामा नै मुद्दा दायर गरेको छ । पक्राउ परेकामध्ये १० जनालाई काठमाडौंमा तथा अन्य २६ जनालाई उपत्यकाबाहिरका जिल्लामा मुद्दा दायर गरिएको छ । सम्बन्धित जिल्लामै मुद्दा दायर गर्दा पीडितहरूलाई मुद्दा चलाउन सहज हुने भएकाले त्यसो गरिएको प्रहरीले जनाएको छ ।

ट्रमा अस्पताल विराटनगरका मोहम्मद अबुल कलाम, राम डाइग्नोस्टिक क्लिनिकका सञ्जयकुमार दास र विराटनगर आ“खा अस्पतालकी लिली राजवंशीविरुद्ध बिहीबार तथा अन्य ३३ जनाविरुद्ध शुक्रबार मुद्दा दायर गरिएको हो ।

काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएकामा झरना फार्मेसी कपनकी पुनम कर्ण, कान्तिपुर डेन्टल अस्पताल सामाखुसीका बुद्धिमान श्रेष्ठ, ब्राइट स्माइल डेन्टलकी विनिता अधिकारी, सोसाइटी डेन्टल चाबहिलका रावेत रञ्जनकुमार ठाकुर, केयर डेन्टल पुरानो बानेश्वरका बोदित आचार्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment