Comments Add Comment

म्यानपावर व्यवसायीको आरोप दूतावासद्वारा खण्डन

मलेसिया । नेपाल वैदेशिक रोजगार व्यवसायी सघ र नेपाली दुतावास मलेसियाबीच सवाल-जवाफ सुरु भएको छ  । संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी भीएलएन, बायोमेट्रिक, माइग्राम, आइसीएसजस्ता संस्थासँग राजदूत निरन्जन मानसिं  बस्न्यातले साँठगाँठ गरी रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारलाई बढी आर्थिक भार बोकाउने कार्य गरेको आरोप लगाएको भोलिपल्टै दूतवासले प्रेस विज्ञप्ती निकालेर त्यसको खण्डन गरेको छ ।

‘राजदूतको नाम जोडेर लगाईएको आक्षेप दुराशयपूर्ण, कपोलकल्पित र आधारहिन छन’ विज्ञप्तीमा भनिएको छ ।  विज्ञप्तीमा मलेसियाका मानव संशाधन मन्त्रीसँगको वार्तामा कुनैपनि दुई देशबीच हुने द्विपक्षिय वार्ता तथा वैठकहरुमा निजी क्षेत्रलाई सामेल गराउने अन्तराष्ट्रिय प्रचलन नरहेको र मलेसियाको सरकारी पक्ष नै सहमत नभएकाले सामेल नगराएको उल्लेख गरिएको छ ।

यही असार १३ गतेदेखि भएको श्रम तथा रोजगारमन्त्रीको मलेसिया भ्रमणका क्रममा सहभागी भएको संघको टोलीलाई मलेसियाका श्रममन्त्रीसँग भेटघाट गर्न राजदूत बस्न्यातले रोकेको संघले आरोप लगाएको छ ।

दूतवासको प्रेस विज्ञप्ती
dutabas's-bigyapti

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment