+
+

सरकार परिवर्तनको हल्ला बाहिर मात्रैः मन्त्री पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १८ गते १६:२३

som-prasad-Pande

१८ असार, काठमाडौं । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सरकार परिवर्तनको विषयमा बाहिर हल्ला चले जसरी भित्र कुनै कुरा नभएको दाबी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा एमाले नेता समेत रहेका मन्त्री पाण्डेले भने, ‘सरकार परिवर्तनको विषयमा बाहिर जस्तो सत्तारुढ गठबन्धनमा कुनै चर्चा छैन । यही सरकारले चुनाव गराउँछ, ढुक्क हुनुस् ।’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ऐतिहासिक काम गरेको दाबी गर्दै उनले भने,’ यस्तो उत्कृष्ट बजेट कहिल्यै आएको थिएन । पुनर्निर्माणको सबैखाले कामलाई अगाडि बढाएको छ, मुलुकको स्वाभिमान जोगाउने काम गरेको छ, पारवहन सुविधानको थप खोजी गरेको छ ।’

मुलुकको हितमा हुने मधेसी मोर्चाका मागलाई सरकारले बार्ताबाट सम्बोधन गर्ने उनले स्पष्ट पारे । मन्त्री पाण्डेले भने,’मधेसी मोर्चा र संघीय गठबन्धनवीच नै अन्यौल छ कोसँग बार्ता गर्ने नगर्ने भन्नेमा । सरकार बार्ताबाट समाधान गर्न तयार छ ।’

कार्यक्रममा कांग्रेस नेता रमेश लेखकले ओली नेतृत्वको सरकार निर्विकल्प नभएको दाबी गर्दै आफ्नो दलका नेतृत्वमा सरकार बने सबैलाई मिलाएर लैजाने दाबी गरेका छन् ।

यद्यपि कांग्रेस अहिले प्रभावकारी प्रतिपक्षको रुपमा भूमिका निर्वाह गर्ने पक्षमा रहेको उनले बताए ।

सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमसेर राणाले राष्ट्रिय एजेण्डालाई अगाडि बढाउने सवालमा सरकारको काम सन्तोषजनक नरहेको बताएका छन् । उनले मुलुकको समस्या समाधानका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?