Comments Add Comment

नोमिनेशनमा परेकाले नै पाएनन् निम्तो कार्ड, फेसबुकमा यसरि पोखियो असन्तुष्टी

faan award in nepal

यसै त नेपालमा आयोजना हुने धेरै अवार्ड विवादमा पर्छन् । झन्, आयोजकले चरम लापरवाही गरिदिदा अवार्ड आयोजनाले सकारात्मक भन्दा नकारात्मक चर्चा बढी पाउँछन् । जुन, नेपाली चलचित्र क्षेत्रकै लागि दुःखद कुरा हो ।

कलाकारहरुको छाता संगठन ‘चलचित्र कलाकार संघले’ लामो बर्ष लगाएर पहिलो पटक अवार्डको आयोजना गर्‍यो । कलाकारहरु अरु संघसंस्था र व्यक्तिले गरेका अवार्डमा सहभागी हुन्छन् । आफ्नै संस्थाले आयोजना गरेको अवार्डमा कलाकारको उपस्थिती नरहने कुरै भएन ।

पहिलो पटक आयोजना भएको ‘फान अवार्ड’बाट चलचित्र क्षेत्र र चलचित्रकर्मीलाई ठूलो आशा र अपेक्षा थियो । तर, कलाकार संघले अवार्ड आयोजना गर्नका लागि गर्‍यो । भलै, पहिलो पटक गरिएको भन्दै उम्कने ठाउँ  होलान् ।

अवार्ड कसलाई दिनु हुन्थ्यो, हुदैनथ्यो भन्नेतिर जानु त्यती तर्कसंगत नहोला । तर, उत्कृष्ट ५ मा परेका चलचित्रकर्मीलाई नै अवार्ड कार्यक्रममा निम्तो नपुग्नु लापरवाहीको चरम सिमा भएको चलचित्रकर्मी बताउँछन् ।

गतबर्ष गीतकै कारण सर्वाधिक चर्चामा रहेको चलचित्र ‘प्रेमगीत’का संगीतकार अर्जुन पोख्रेलले अवार्डमा प्रवेशका लागि पास नै पाएनन् । अर्जुनले फेसबुकमा स्टाटस लेखेरै असन्तुष्टी पोखे । उनले आफूलाई अवार्डको निम्तो नआएको लेख्दै अवार्ड पाउनेलाई मात्र निम्तो हो भने पाउने संगीतकारलाई वधाई दिए ।

आफूले सधै नै अवार्डको सम्मान गर्ने गरेको अर्जुनको भनाई थियो । २ विधामा नोमिनेशनमा परेका नोमिनिजलाई नै अवार्डमा बोलाइएन । अर्कोतिर, चलचित्र ‘राहादानी’बाट उत्कृष्ट कथाकारको नोमिनेशनमा परेका डब्बु क्षेत्रीले पनि पास पाएनन् । उनले आफू अवार्ड आयोजना स्थान त्रिभुवन आर्मी अफिसर्स क्लबको गेटमा आएर आधा घन्टा कुरेर फर्किएको बताएका छन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै यसमा खेद प्रकट गरेका छन् । कार्यक्रमम हलमा चलचित्रकर्मी भन्दा गैह्र चलचित्रकर्मी धेरै थिए । नोमिनेशनमा परेकामध्ये ५० प्रतिशतले निमन्त्रणा कार्ड नै पाएनन् ।

अवार्ड आयोजना गरिएको हलमा उपस्थित चलचित्रकर्मीको अनुहार हेरेर नै धेरैले अवार्ड कसले पाउदैछ भनेर अड्कल लगाएका थिए ।

चलचित्र ‘प्रेमगीत’का निर्माता सन्तोष सेनले अवार्ड आयोजना हुनु भन्दा केही घन्टा अगाडि मात्र निम्तो कार्ड पाएका थिए । अवार्ड आयोजना गरिएको हलमा भेटिएका सन्तोषले आफ्नै टिमका धेरै सदस्यले निम्तो नपाएको भन्दै गुनासो गरे । उनले आफूलाई पनि ढिला गरेर पास उपलब्ध गराइएको बताए ।

नेपाल बाहिर आयोजना हुने अवार्डमा पनि आयोजकले उत्कृष्ट ५ बाट उत्कृष्ट ३ छान्दै सहभागी गराएको पाइन्छ । तर, काठमाण्डौ भित्रै भएको अवार्डमा नोमिनेशनमा परेकाहरु नै छुट्न दुखद कुरा हो । अहिले, अवार्डको यो पक्षलाई लिएर सर्वाधिक विरोध भैरहेको छ । यस बिषयमा आयोजकले अहिलेसम्म मुख खोलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment