+
+

कर्णाली बचाउ अभियानले कोरियास्थित नेपाली दूतावास ज्ञापनपत्र बुझायो

रमेश ओझा रमेश ओझा
२०७३ असार २० गते ११:२१

Karnali-Bachau-Aviyan-Koreaदक्षिण कोरिया । कर्णाली बचाउ अभियानका अभियन्ताहरुले सोमबार असार २० गते कोरियाको दूतावासमा ज्ञापनपत्र बुझाएका छन् । कर्णाली सम्झौताको बिबादास्पद र राष्ट्रघाती बुँदाहरु खारेज गर्न मागसहित कार्यवाहक राजदूत किरण शाक्यलाई ज्ञापन पत्र बुझाइएको कर्णाली बचाउ अभियानका कोरिया संयोजक संजीब भण्डारीले  जानकारी दिए ।

सो क्रममा कोरियाका लागि नेपालका कार्यवाहक राजदूतले कर्णालीमात्र नभएर सबै नदी नाला जस्मा स्वदेशी कम र बिदेशी ज्यादा स्वामित्व रहेको र ती सबै नदी वा सम्पदामा हाम्रै स्वामित्व हुनुपर्छ भने । उनले यस अभियानमा सहयोग रहने र ज्ञापनपत्रमा तोक लगाएर सम्बन्धित निकायमा पठाइदिने समेत का.वा. राजदूत शाक्यले बताए ।

अभियन्ताहरुले आफूले बाह्य लगानीको विरोध नगरेको तर बाहिरी लगानी भित्र्याउँदा राष्ट्रियतामा खलल पुर्याउने खालको सम्झौता कुनै पनि स्वाभिमानी नेपालीले सहन नसक्ने बताएका थिए । सम्झौताको पीडीएमा भएका कर छुट दिने, बिबादित कुराहरु सिंगापुरको अदालतबाट छिनोफानो गर्नुपर्ने, ४१ सय ८० मेगावाटको सम्भाव्यतालाई खारेज गर्ने लगायतका बुँदाहरुमा असहमति रहेको  कर्णाली बचाउ अभियानका अभियन्ताहरूले बताएका थिए ।

यसअघि पनि कर्णाली बचाउ अभियानका अभियन्ताले यूएईस्थित नेपाली दूतावास मार्फत्र नेपाल सरकारलाई ज्ञापन पत्र बुझाइसकेका छन् । सामाजिक संजालमा हाल कर्णाली बचाऔं अभियान तीव्र रुपमा फैलिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?