Comments Add Comment

विज्ञ समूहको बैठक फलदायी बनाउन माग

EPG-Meeting

२० असार, काठमाडौं  । नागरिक समाजका अगुवाहरूले आजदेखि सुरु भएको विज्ञ समूहको बैठकलाई फलदायी बनाउन माग गरेका छन् ।

राजनीतिशास्त्री प्रा. डा. गोपाल शिवाकोटी, द्वन्द्व विश्लेषक दीपेन्द्र रोकाया, महिला नेत्री शान्ता श्रेष्ठ, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीलगायतले नेपालका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, परराष्ट्र मन्त्रालय तथा प्रमुख राजनीतिक दललाई विशेष आग्रहसहित २४ बुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

विज्ञ समूहको बैठकमा सन् १९५० को सुगौली सन्धि र त्यसयता भएका सबै सन्धि सम्झौतालाई सार्वजनिक गरी खारेज तथा आवश्यक पुनरावलोकन गर्नुपर्ने माग गरेका छन् ।

ध्यानाकर्षणपत्रमा नेपाल–भारतबीच भएका असमान सन्धि/सम्झौताको पुनरावलोकन गर्न बनेको विज्ञ समूहको बैठक फलदायी बनाउन सो प्रक्रिया आवश्यक रहेको उल्लेख गरिएको छ ।

उक्त पत्रमा नेपाल र भारतबीच भएका सम्पूर्ण असमान सन्धिको पुनरावलोकन गर्नुपर्ने, गोर्खा भर्तीलाई व्यवस्थित बनाइनुपर्ने, कोसी, गण्डकी, महाकाली, माथिल्लो कर्णाली तथा विप्पा सन्धिले नेपालको सार्वभौमिकता गुम्दै गएकामा विशेष ध्यानाकर्षण गराउँदै सुस्ता मिचिएको र दार्चुलाको तुल्सीनुरालाई नक्कली नाम कालापानी दिएर कब्जामा लिएको जस्ता विषयमा नेपालले प्रष्टसँग कुरा राख्नुपर्ने आग्रह गरिएको छ ।

इतिहासको समीक्षा गरी दुवै देशले समानताको आधार कोर्ने र मित्रतामा सुधार ल्याउनुपर्नेमा नागरिक अगुवाले जोड दिएका छन् ।

नेपाल–भारत सम्बन्धको समग्र पक्षको अध्ययन र पुनरवलोकनका लागि सुझाव दिन गठित दुवै मुलुकका विज्ञ सम्मिलित प्रबुद्ध समूहको पहिलो बैठक आजदेखि राजधानीमा सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment