Comments Add Comment

ओलीको विकल्प खोजे मुलुक दुर्घटनामाः सुजाता

२० असार, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने चेतावनी दिएकी छिन् ।

SUJATA  (5)रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भनिन्, ‘तीनवटै निर्वाचन नभएसम्म सरकार ढाल्ने सपना कसैले पनि देख्नु हुँदैन । त्यो आफ्नै लागि घातक हुन्छ ।’

साक्षात्कारमा कोइरालाले अहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने र त्यसको अपजस काग्रेसमाथि आउन सक्ने बताइन् । उनले अहिले सरकार ढाल्ने काममा लागे संविधान पनि कार्यान्वयन नहुने तर्फ सचेत गराइन् ।

कोइरालाले भनिन्, ‘मुलुकमा प्रचण्ड मात्रै एक्लो नेता हुन् र उनकोलागि सरकार ढाल्नु पर्ने ? उनी अहिले प्रधानमन्त्री बन्न पनि सक्दैनन् र सफल पनि हुँदैनन् ।’

कांग्रेस अहिले संगठन र पार्टीलाई बलियो बनाउँदै निर्वाचनमा जाने तयारीमा रहेको कोइरालाले स्पष्ट पार्दै निर्वाचन र संविधान कार्यान्वयनको विषयमा प्रधानमन्त्रीले काग्रेससँग छलफल गरेर अघि बढाउनु पर्ने तर्क गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment