Comments Add Comment

अर्घाखाँची सिमेन्टको ‘सबैलाई थाहा छ, केहि बोल्नै पर्दैन’ अभियान

arghakhachi-cement
२१ असार, काठमाडौ. । अर्घाखाँची ओपीसी सिमेन्टले नया अभियान सुरुवात गरेको छ । जसको प्रवर्द्धन सिमेन्टका ब्राण्ड एम्बेसडर तथा नेपाली कलाकार सुनिल थापाले ‘अर्घाखाँची सिमेन्टको बारेमा सबैलाई थाहा छ, मैले त केही बोल्नै पर्दैन’ भनेर गरेका छन् ।

उपभोक्तालाई अर्घाखाँची सिमेन्ट गुणस्तरयि भएको थाहा भएपनि बजारकै उत्कृष्ट ओपीसी सिमेन्ट हो भन्ने बुझाउन अभियान सुरु गरेको जनाएको छ । उपभोक्ताहरुलाई सहि सिमेन्ट रोज्न र सुरक्षित भविष्यका लागि ध्यान दिन कम्पनीले सबैलाई सचेत पनि गराएको छ ।

घर निर्माणको कूल खर्चमध्ये करिब १० प्रतिशत खर्च मात्रै सिमेन्टमा प्रयोग हुने गर्छ । निर्माणमा गुणस्तरहिन सिमेन्ट प्रयोग नगरौं भन्ने उद्देश्यले चलाइएको जानकारीमुलक योजना “मूर्खता नगरौं, सहि सिमेन्ट नै रोजौं” पश्चात “आर्घाखाँचीको बारेमा त सबैलाइ थाहा छ” भन्ने अभियाना को सुरुवात गरिएको कक्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment