Comments Add Comment

‘बुधबार भिडन्तले बेल र रोनाल्डोको ‘प्रेम’मा कमी आउँदैन’

Bale-Vs-Ronaldo

बुधबार राति फ्रान्सको ल्योनमा युरोकपको पहिलो सेमिफाइनल खेल हुँदा स्पेनिस जाइन्ट रियल मड्रिडका दुई सुपरस्टार एक अर्कासँग भिड्दैछन् ।

पोर्चुगल र वेल्सको खेललाई धेरैले रोनाल्डो भर्सेस बेलको रुपमा परिभाषित पनि गरेका छन् । नगरुन पनि किन ? युरो २०१६ मा टोलीको भविश्यको निर्धारण यिनै दुई खेलाडीको प्रदर्शनमा निर्भर रहन्छ ।

तर, वेल्सका प्रशिक्षक क्रिस कलम्यानले भने बुधबार हुने खेलपछि डोमेस्टिक फुटबलका सुपरस्टारद्वय क्रिष्टियानो रोनाल्डो ग्यारेथ बेलको ‘प्रेम’ मा कुनै कमी नआउने प्रष्ट पारेका छन् ।

बेल र पोर्चुगलका रोनाल्डो विश्वका सबैभन्दा मुल्यवान खेलाडीमध्ये एक हुन् । दुबैको मूल्य संयुक्त रुपमा १६६ मिलियन पाउण्ड छ । दुबैले मिलेर पछिल्लो तीन बर्षमा रियललाई दुई पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका छन् ।

Chris_Coleman

कलम्यानले भने, ‘उनीहरु एकै प्लानेटका दुई उत्कृष्ट खेलाडी हुन् र उनीहरु एक अर्कालाई राम्रोसँग जान्दछन् । यस खेलमा रोनाल्डो र बेलले मात्र होइन, दुवै टोलीले ‘प्रेम’ गुमाउने छैनन् ।’

‘मलाई लाग्दैन कि बेलले पनि यस्तो सोचिरहेका छन् । विपक्षी जोसुकै होस् उनले आफ्नो क्षमता मार्फत सबैलाई मन्त्रमुग्ध पारेका छन्’ कलम्यानले भने, ‘वेलले अर्को ठूलो परीक्षा दिँदैछन् । हाम्रो बाटो रोक्न मैदानमा जोसुकै आओस् उनीहरुलाई पन्छाउँदै हामी अघि बढ्नेछौं ।’

कोलम्यानले रोनाल्डोलाई रोक्ने कुनै बिशेष योजना बनाएका छैनन् । अहिले वेल्सको डिफेण्डरको समूहमा निक्कै राम्रो छ । जसले उपाधिको दाबेदार मानिएको बेल्जियमलाई ३-१ ले हराएर आफूलाई प्रमाणित गरिसकेका छन् । यही खेलमा पाएको सफलताले वेल्स पहिलो पटक ठूला प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो ।

ronaldo-vs-bale

कोलम्यानले भनेका छन्, ‘मैले मेरा डिफेण्डरहरुलाई रोनाल्डोलाई रोक्नेबारे प्रशिक्षण दिन सक्थेँ । तर, उनी(रोनाल्डो) यस्तो क्षमतावान खेलाडी हुन् कि उनलाई रोक्ने धेरै रणनीतिहरु फेल भएका छन् । मैले यो जिम्मा मेरा डिफेण्डरहरु स्वयम्लाई दिएको छु ।’

उनले अघि भने, ‘हामीसँग एक उत्कृष्ट र सन्तुलित टोली छ । हामी पार्चुगलबिरुद्धको खेलका लागि ध्यान केन्द्रित गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment