अत्यधिक मात्रामा अल्कोहलको सेवनले मानिसमा विभिन्न खाले क्यान्सरको खतरा बढाउने तथ्य यसअघि नै पत्ता लागिसकेको हो । तर पछिल्लो अनुसन्धानले भने ठिक्क मात्रामा अल्कोहलको सेवनले समेत क्यान्सरको जोखिम बढाउने हुँदा सतर्क रहनुपर्ने सुझाएको छ ।
दिनमा दुइ पेग रक्सीको सेवन गर्ने मानिसमा स्तन तथा पेटको क्यान्सरको जोखिम उच्च हुने शोधकर्ताहरुले ठहर गरेका छन् ।
न्युजिल्याण्डको ओटागो विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार अल्कोहलको सेवनले मुख, स्वासनली, अन्ननली तथा कलेजो लगायतको क्यान्सरको खतरा पनि बढाउँदछ ।
प्रमुख शोधकता जेन्नी कोनरका अनुसार अल्कोहलजन्य क्यान्सरका कारण मृत्यु भएका महिला मध्ये ६० प्रतिशतको स्तन क्यान्सरबाट ज्यान गएको छ ।
न्युजिल्याण्डमा सन् २००७ मा स्तन क्यान्सरबाट ज्यान गुमाएका ७१ प्रतिशत त सन् २०१२ मा स्तन क्यान्सरबाट ज्यान गुमाएका मध्ये ६५ प्रतिशतको मृत्युको कारक तत्व मदिरा सेवन नै भएको शोधकर्ताको भनाई छ ।
प्रतिक्रिया 4