२२ असार, पोखरा । पोखरामा नक्कली सिआईडी बनेर ठगि गर्दै हिड्ने एक युवालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
सिआईडीको नक्कली परिचय पत्र देखाउँदै मोबाइल सेट लुट्ने रोल्पा धवाङ्ग गाविस वडा नम्बर ४ घर भई पोखरा बस्दै आएका ३६ वषिर् वसन्त थापालाई प्रहरीले पोखराको चाउथेबाट पक्राउ गरेको हो ।
पोखरा, लेखनाथ तथा आसपासका क्षेत्रमा एकान्त कुना, विश्राम स्थल तथा पार्कहरुमा घुमफिर गर्ने मानिसहरुलाई कहिले प्रहरी त कहिले नेपाल आर्मीको सिआईडी हुँ भन्दै ठगि गर्ने गरेको कास्की प्रहरीले जनाएको छ ।
ठगीमा संलग्न ति व्यक्तिले आफू सिआईडी भएकाले चेकजाँच गर्नुपर्यो भन्ने र चेकजाँचका क्रममा मोवाईल सेटहरु भेटिएमा डर, त्रास देखाएर लुट्ने गरेको प्रहरीको दाबी छ । पक्राउ परेका लुटेरा थापाको साथबाट चोरीका १७ थान मोवाइल र एक थान साइकल बरामद गरिएको प्रहरीले बताएको छ ।
प्रहरीले लुटेको सामान हो भन्ने थाहा हुँदाहुँदै पनि मोवाइल सेट खरिद गर्ने तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ बस्ने ३० वषिर्य सन्तोष सुनार भन्ने कमल सुनार र शुक्लागण्डकीकै २३ बर्षीय रमित श्रेष्ठलाई पनि नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।
उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी मुद्धामा म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्रचार्यले जानकारी दिए ।
प्रतिक्रिया 4