Comments Add Comment

मुम्बइमा सयौं नेपाली बालबालिका फलामे सिक्रीमा

हतकडी तोडेर भागेका नेपाली बालकको कथा

aago le poleko dekhaudai rahul२४ असार, भैरहवा । विभिन्न प्रलोभनमा परी नेपालका महिला युवतीहरु दलालद्धारा भारतमा बेचिने घटनाहरु दिनहु सार्वजनिक हुन्छन् । तर भारतमा महिलायुवतीहरु बेचिने संख्या जस्तै बालक बेचिने संख्या पनि दिनप्रति दिन बढ्दै गएको छ ।

भारतमा बेचिएका युवती महिलाहरुलाई यौन व्यवसायमा लगाइन्छ भने बालबालिकाहरुको शरीरबाट कलेजो, किड्ने, आखाँ लगायतका विक्री हुने अंगहरु झिकेर विक्री गर्ने गरिएको खवरहरु सार्वजनिक हुने गरेका छन् ।

यस्तै भारतमा बेचिएका दुई बालकको प्रवासी नेपाली मित्र मञ्चले भारतको दिल्लीबाट उद्धार गरी नेपाल ल्याएको छ । बर्दिया जिल्ला पुरैना गाउँका १० वर्षीय राहुल बिक र हेटौडा नवलपुर गाउँका १४ वर्षीय शिव भुषाललाई मञ्चले दिल्लीको सरकारी बालगृहबाट उद्धार गरी नेपाल ल्याएको हो ।

उनीहरु घर ठेगाना पत्ता लागेको र प्रहरीको सहयोगमा उनीहरुलाई उनीहरुको परिवारको जिम्मा लगाइने भैरहवामा संचारकर्मीहरुसगँ कुराकानी गर्दै प्रवासी नेपाली मित्र मञ्चका अध्यक्ष दुर्गाप्रसाद अर्यालले बताए ।

मुम्बईमा बेचिएका भुषालले यसरी सुनाउँछन् आफ्नो व्यथा

म तिज मनाउन आफ्नो मामा घर बारा जिल्लाको जितपुर गएको थिए । त्यहाँ एक जना शंकर लिम्बु भन्ने व्यक्तिसगँ मेरो चिनजान भएको थियो । म ३ दिनपछि आफ्नो घर हेटौडा जाने भनेपछि त्यो व्यक्तिले म पनि हेटौडा जाने हो म सगँ हिड न त भनेपछि म उसको गाडीमा जान राजी भए । र, हामी जाने बेलामा पथलैयाको जंगलमा मैले खाना खाएकोसम्म मलाइ याद छ । त्यसपछि मेरो आखाँ खुल्दा म मुम्बईको एउटा बन्द रहेको उद्योगमा थिए र मेरो हात फलामको दाम्लोले -हतकडी) बाँधिएको थियो ।

उक्त उद्योगमा मसहित सयौं नेपाली भारतीय बालबालिका थियौँ । त्यहाँ सबैको हात फलामको दाम्लोले बाँधिएको थियो । त्यसपछि हामीलाई त्यहाँ पिटेर काम गराइन्थयो । बिहान साँझ काम गराएपछि साँझ एक छाक मात्र खान दिन्थे । त्यहाँ रहेको बालबालिकालाई ३ वटा भिख माग्ने, ढुगां फोर्ने र कार्टुन ओसार पसार गर्ने काम गर्न लगाइन्थयो ।

मैले भिख त मागिन तर हातमा दम्लो बाँधिएकै अवस्थामा मैले बन्द उद्योग भित्र कार्टुन ओसार पसारको काम गर्थे । मेरो हातमा १० महिना सम्म दाम्लो बाँधिएको थियो । ठुलो फलामको दाम्लो थियो । उक्त फलामको दाम्लो एकातिर भित्ता गाडिएको थियो र अर्को मेरो हातमा । काम गर्न क्षेत्र सम्म मात्र जान सकिन्थ्यो । त्यो भन्दा बाहिर मिल्दैनथ्यो ।

एक दिन त्यहाँ हामीलाई रेखदेख गर्ने एउटा सुरक्षागार्डको बर्थ डे पार्टी थियो । सबै मदिरा सेवन गर्दै थिए । अनि मैले सोही मौका छोपेर हातमा बाँधिएको फलाम दाम्लो तोडेर त्यहाँबाट भाग्न सफल भए ।

त्यस्तै अधिक पीडाका कारण धेरै जानकारी दिन नसक्ने बर्दिया जिल्ला पुरैना गाउँका १० वर्षीय बिकले आफुलाई अंकित नामक व्यक्तिले मिठाई खुवाई लठ्ठ पारेर दिल्ली पुराएको बताउँछन् । उनी पनि दिल्लीको सरकारी बालगृहमा थिए ।

भारतको दिल्लीमा केन्द्रिय रहेको मंचले विगत २५ वर्ष देखि महिला, बालबालिकाको उद्दार लगायतको कार्य गर्दै आएको छ । हाल सम्म संस्थाले करिब २ हजार महिला, बालबालिकाको उद्धार गरेको प्रवासी नेपाली मित्र मंचका प्रचार सचिव जगविर सिंह क्षेत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment