Comments Add Comment

कांग्रेस फकाउँदै ओली

sher-bahadur-Dauba-and-Kp-oli२५ असार, काठमाडौं । सरकारको प्रमुख साझेदार माओवादी केन्द्रले विगतमा भएको भद्र सहमतिअनुसार नेतृत्व आफूलाई दिन दबाब दिएपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले कांग्रेसलाई फकाउन थालेका छन् ।

यसअघि संविधान जारी भएपछि एमालेलाई नेतृत्व दिने सहमति भएको भन्ने विषयमा कांग्रेस  र एमालेबीच मतभेद बढेपछि दुई दलको सम्बन्ध बिग्रिएको थियो ।

स्रोतका अनुसार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग एक महिनायता तीनपटक गोप्य भेटवार्ता गरेका छन् । आजको अन्नपूर्णमा समाचार छ ।

उक्त भेटमा ‘कांग्रेसमा नेतृत्व परिवर्तन भएर परिस्थिति फरक भइसकेकाले फेरि दुई दलबीच सहकार्य गरेर संविधिान कार्यान्वयन गरौं भन्ने प्रस्ताव ओलीले राख्दै आएका छन् । देउवाले त्यसको जवाफ भने दिएका छैनन् ।

देउवा आफैं र बहुमत सदस्य दुईठूला दलबीच सत्तामा समाrmेदारी गरौं भन्ने प्रधानमन्त्री ओलीको स्वभाविक प्रस्ताव भएको कांग्रेस केन्द्रीय सदस्य एवं सांसद मीन विश्वकर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment