+
+

प्रधानमन्त्री ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २५ गते १०:०४

kp-oli२५ असार, काठमाडौं । व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । अपरान्ह १ बजे बस्ने बैठकमा विनियोजन विधेयक माथि उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिनेक्रम सकिएसँगै आजै विनियोजन विधेयक पारित हुने कार्यतालिका रहेको छ ।

कार्यसूची अनुसार प्रधामन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र उपराष्ट्रपति, प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्याल, राष्ट्रिय योजना आयोग अन्तरगत विनियोजित बजेटमाथि संसदमा उठेका प्रश्नहरुको जवाफ दिने छन् ।

आजको संसद बैठकमा यसैबीच, संसदमा आज राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयकमाथि बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुदैछ । यी दुवै विधेयक पारित भएपछि आगामी आर्थिक बर्षको पूर्ण बजेट पारितको समय निर्धारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?