Comments Add Comment

अखिल क्रान्तिकारीले बुझायो सिडियो कार्यालयमा ७ बुँदे ज्ञापन

Biplav-Maobadi

२६ असार, काठमाडौं । विप्लव माओवादी समर्थित बिद्यार्थी संगठन अखिल क्रान्तिकारी आइतवार काठमाडौं प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीसमक्ष ७ बुँदे मागपत्र बुझाएको छ ।

अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला समितिका अध्यक्ष प्रकाश अधिकारीको नेतृत्वमा गएको टोलीले बुझाएको मागपत्र बुझेपनि प्रजिअ सुवेदीले कुनै प्रतिक्रिया भने दिन मानेनन् ।

पत्र बुझाइसकेपछि सुवेदीसँग प्रतिवद्धता माग्दा उनले मन्त्रालयका आ-आफ्ना जिम्मेदारी छन् र आफ्नो जिम्मेबारी प्रतिबद्धता व्यक्त गर्नु नरहेको प्रष्ट पारेका थिए । प्रजिअले यस्तो भनेपछि बिद्यार्थी नेताहरुले आक्रोशित हुँदै ग्ररजिम्मेबार अभिव्यक्ति नदिन अनुरोध गरेका थिए ।

शान्तिक्षेत्र मानिने शैक्षिक संस्थाभित्र प्रहरी हस्तक्षेप बन्द गर्नुपर्ने, लैङ्गकि हिंसाको अन्त्य, बालबालिकाको जिउधनको सुरक्षा, शैक्षिक संस्थाको सार्वजनिक सम्पतिको संरक्षण, बैज्ञानिक तवरले भाडा समायोजन, विद्यार्थी छुटलाई कडाइपूर्वक लागु र शैक्षिक संस्थाका सबै निर्माण कार्यमा टेन्डर प्रक्रिया खारेज गरी नियमक निकायमार्फत निर्माण हुनुपर्ने माग विप्लव समर्थित अखिल क्रान्तिकारीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment