Comments Add Comment

सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम सम्पन्न

APF

२६ असार, काठमाडौं । नवलपरासीको बर्दघाटस्थित सशस्त्र प्रहरी बल युक्ति तालिम महाविद्यालयमा सञ्चालित सि.सं. ११ सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले उक्त तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई सोही महाविद्यालयमा आइतबार आयोजित दिक्षान्त समारोहमा पुरस्कार प्रदान गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक राईले प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्दै कार्यक्षेत्र प्रवेशसँगै राष्ट्र र नागरीकको हितलाई ध्यानमा राखेर कार्य गर्न निर्देशन दिए । उनले चेन अफ कमाण्ड र अनुशासनलाई ख्याल राख्दै सधैं जिम्मेवार अधिकृतको रुपमा भुमिका निर्वाह गर्नुपर्ने बताए ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले धन्यवाद ज्ञापनको क्रममा पेशागत रुपमा दक्ष जनशक्ति उत्पादन गर्न आधारभूत तालिम अपरिहार्य रहेको चर्चा गर्दै कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रशिक्षार्थी अधिकृतहरुले सांगठानिक मर्यादा र संगठनको हितको लागि ठोस भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सोही महाविद्यालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मन्दिप श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गत असार १० गतेबाट सञ्चालित सो तालिममा कुल ७१ जना प्रशिक्षार्थीहरुले सफलता हासिल गरेका छन् । तालिममा सशस्त्र प्रहरी सहायक निरीक्षक पूर्ण थापा सर्वप्रथम भएका छन् भने शारिरीक सहिष्णुता तर्फ बिक्रम शाही, कवाजतर्फ मदन गोले, चादमारीतर्फ कृष्ण थापा र सैद्धान्तिकतर्फ पुर्ण थापा प्रथम भएका सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

कार्यक्रममा नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी महादेव पन्त, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाल तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृतहरु, स्थानीय कार्यालयका प्रतिनिधि एवं प्रशिक्षार्थीका अभिभावकहरुको समेत उपस्थिति थियो ।

सशस्त्र प्रहरीद्वारा काठसहित दुईजना पक्राऊ

यसैबीच सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गण इटहरी मोरङबाट खटिएको एपीएफ टोलीले सालको चिरान काठसहित दुई जनालाई पक्राउ गरेको छ । शनिबार पक्राउ पर्नेहरुमा मोरङ जिल्ला कोशी हरैया नगरपालिका ११ बेलेपुर बस्ने २१ वर्षीय रसिद खान र सोही ठाउँ बस्ने ३५ वर्षीय अनिल वि.क. छन् ।

गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीले को १ त ४२१४ नम्बरको ट्याक्टरमा जाँच गर्ने क्रममा कागजपत्र नभएको सालको चिरान काठ फेला पारेपछि उक्त ट्याक्टरसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई ट्याक्टर र सालको काठसहित आवश्यक कारवाहीको लागि सेक्टर वन कार्यालय सलकपुरमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment