+
+

काठमाडौं खतराको सूचीमा प्रस्तावित !

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २७ गते ६:१६

Basantapur-2२७ असार, काठमाडौं । लामो समयदेखि संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले सांस्कृतिक महत्वको हिसावले विश्व सम्पदा सूचीमा राखेको काठमाडौं उपत्यकालाई यसपालि खतराको सूचीमा राख्न प्रस्ताव गरेको पाइएको छ ।

हिजो जुलाई २० देखि २० सम्म टर्कीको इस्तानबुलमा शुरु भएको वल्र्ड हेरिटेज कमिटीको ४० औं सेसनका लागि तयार पारिएको एजेन्डामा सो कुरा उल्लेख गरिएको छ ।

पुरातात्विक महत्वलाई जोगाउन सकिएन भने त्यस्तो क्षेत्रलाई युनेस्कोले खतराको सूचीमा राख्ने गर्दछ । अाजको नेपाल समाचारपत्रमा समाचार छ ।

हाल नेपालमा काठमाडौं उपत्यकाभित्र हनुमानढोका दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर स्क्वार लगायतका क्षाेत्र विश्वसम्पदा सूचीमा छन् । उक्त बैठकमा आवश्यक मूल्यांकन गरेर काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्ने कि नराख्ने भन्ने निर्णय हुने बताइएको छ ।

२०७२ साल वैशाख १२ को भूकम्पमा नेपालका सम्पदा क्षेत्रमा क्षति भएपछि युनेस्कोले आवश्यक संरक्षणको व्यवस्था गर्न र थिल्थिलो भएका क्षेत्रमा कसैलाई पनि जान नदिन सुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?