Comments Add Comment

सुशीला कार्कीः प्राध्यापकदेखि प्रधान्यायाधीशसम्म

Sushila Karki

२७ असार, काठमाडौं । नेपालकै पहिलो महिला प्रधान्यायाधीश बनेर सुशीला कार्कीले इतिहास रचेकी छन् । उनले प्रधानन्यायाधीशका रुपमा करिब ११ महिना काम गर्नेछिन् ।

कार्कीको जन्म विक्रम् सम्वत् २००९ साल जेठ २५ गते शंखरपुर-३ विराटनगरमा भएको थियो । उनी नेपाली कांग्रेस निकट नेविसंघप्रति झुकाव राख्दथिन् । यस कुराको खुलासा उनले आइतबारको संसदीय सुनुवाई विशेष समितिको बैठकमा गरेकी थिइन् ।

महेन्द्र मोरङ कलेज विराटनगरबाट २०२८ सालमा स्नातक गरेकी उनले वनारस हिन्दू विश्वविद्यालय भारतबाट राजनीतिशास्त्रमा २०३१ सालमा स्नातकोत्तर गरेकी छन् । कानुन विषयमा भने उनले २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट बिएल अध्ययन गरेकी छन् ।

२०३५ सालमा अधिवक्ता भएर उनले कानुन क्षेत्रलाई नै कर्मथलोका रुपमा अंगालिन् । त्यसपछि २०४२-२०४६ सालसम्म उनले महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गरिन् ।

उनी २०४५ सालदेखि २०४७ सालसम्म कोसी अञ्चल बारको अध्यक्ष र २०५९ देखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष बनेकी थिइन् ।

२०६१ पुस ५ गते वरिष्ठ अधिवक्ता बनेकी उनी २०६५ माघ ९ गते सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भइन् । २०६७ मंसिर २ गते तत्कालीन कानुनमन्त्री देव गुरुङको पालामा सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा उनी नियुक्त भएकी थिइन् ।

अमेरिका, बेलायत, श्रीलंका, जापान, चीन, भारत, तान्जिनियाँ र नेदरल्यान्डलगायतका देशको भ्रमण गरेकी उनी नेपाली, अंग्रेजी र हिन्दीमा भाषामा निपूर्ण छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment