Comments Add Comment

अंकमा युरोकप २०१६ः के-के बने रेकर्ड ?

Portugal-win-euro
युरोकप २०१६ ले नयाँ च्याम्पियन पोर्चुगल पायो । घरेलु टोली फ्रान्सलाई १-० ले हराउँदै रोनाल्डोको टिमले पहिलो ठूलो प्रतियोगिता जित्यो ।
एक महिनासम्म चलेको युरोकपमा रेकर्डहरु पनि बने, जसलाई यसरी अंकमा हेर्न सकिन्छ ।

– युरो २०१६ को पोर्चुगल र फ्रान्सबीचको फाइनल खेल युरोको इतिहासमा एकमात्र फाइनल हो जसमा निर्धारित ९० मिनेटको समयमा कुनै गोल भएन ।

४ – वेल्सका आरोन राम्से र बेल्जियमका इडेन हाजार्ड युरो २०१६ मा गोलका लागि सबैभन्दा धेरै पास उपलब्ध गराउने खेलाडी हुन् । उनीहरु दुवैले ४/४ एसिष्ट गरेका थिए ।

६ – एन्टोइन गि्रजम्यानले यस युरोमा समग्रमा ६ गोल गरे । उनले प्रतियोगितामा सर्बाधिक गोल गर्दै गोल्डेन बुटमात्र पाएनन् सन् १९८४ को संस्करणपछि एकै प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने खेलाडीसमेत बने ।

Ronaldo-1

– क्रिष्टियानो रोनाल्डोले वेल्सबिरुद्धको गोलसँगै युरोपियन च्याम्पियनसीपमा धेरै ९ गोल गर्ने फ्रान्सका मिचेल प्लाटिनीको कीर्तिमान बराबरी गरे । साथै उनी पोर्चुगिज जर्सीमा छुट्टाछुट्टै चार प्रतियोगितामा गोल गर्ने एक्ला खेलाडीसमेत बने ।

१८ बर्ष ३२८ दिन – पोर्चुगिज युवा मिडफिल्डर रेनाटो सान्चेस युरोकप खेल्ने अहिलेसम्मकै कान्छा खेलाडी बने । उनले टिममेट क्रिष्टियानो रोनाल्डोको कीर्तिमान भंग गरेका हुन् । रोनाल्डोले २००४ को युरोमा १९ बर्ष १५० दिनको उमेरमा युरोमा डेब्यू गरेका थिए ।

२१ – पुनः रोनाल्डो नै । उनले सन् २००४ यता अहिलेसम्म युरो अन्तर्गतका खेलमा २१ क्याप जिते । त्यो आफैमा कीर्तिमान हो ।

२७ – आइसल्याण्डका गोलकिपर हान्नेस् हाल्डोरसनले प्रतियोगिताका पाँच खेलमा विपक्षीका २७ प्रहार बचाउ गरे । यो प्रति म्याच ५ बचाउभन्दा धेरै हो ।

३२.८ – सबैभन्दा द्रुत खेलाडीको रुपमा यस युरोमा फ्रेन्च स्ट्राइकर किंगस्ले कोमान चम्किए । उनले ३२.८ किलोमिटर प्रतिघण्टाको गतिमा दौडेको रेकर्ड भएको छ । बेल्जियमका लाइभवाइर यान्नीक कारास्कोपनि ३२.३ किलोमिटर प्रतिघण्टामा दौडेका थिए ।
Gabor-Kiraly


४० बर्ष ८६ दिन
– ग्याबोर किर्ले हंगेरीका गोलरक्षक हुन् । चालीस बर्षभन्दा बढि उमेरका उनी युरोकपमा अहिलेसम्मकै सबैभन्दा पाका खेलाडीको रुपमा कीर्तिमान राख्न सफल भए । पाइजामा म्यानको नामबाट चर्चित उनी पि्रक्वाटरफाइनलमा बेल्जियमसँग पराजित हुँदापनि उत्कृष्ट लयमा थिए ।

४१ – पोर्चुगलले ठूला प्रतियोगितामा फ्रान्सलाई हराएको यो ४१ बर्षपछि पहिलो पटक हो ।

५६ – फ्रान्सले घरैमा भएको ठूला प्रतियोगिता अन्तर्गतको खेलमा पराजय ब्यहोरेको यो ५६ बर्षपछि पहिलो पटक हो । यसअघि सन् १९६० को युरोमा घरेलु टोली फ्रान्सले चेकोस्लोभाकियासँग २-० ले हारेको थियो ।

६६.६७ – यस युरोको नियमित समयमा पाएको पेनाल्टी अवसरमा दुई तिहाईमात्र गोलमा परिणत भयो । रोनाल्डो, सर्जियो रामोस, अजेक्जेदार ड्रागोभिक र मेसुट ओजिलको पेनाल्टी गोल हुन सकेको थिएन ।

Robert-Lewandowski
१०० – पोल्याण्डका रोवर्ट लेवाण्डोस्कीले खेल सुरु भएको केवल १०० सेकेण्डमै पोर्चुगलबिरुद्धको क्वाटरफाइनलमा गोल गरेका थिए । यो युरो इतिहासकै दोस्रो द्रुत गोल थियो । यसअघि सन् २००४ को युरोमा रुसका दिमित्री किरिचेन्कोले ग्रीसबिरुद्ध ६७ सेकेण्डमा गोल गरेका थिए ।

१०८ – यस युरोमा भएका जम्मा गोलको सङ्ख्या १०८ हो । ५१ खेलमा २.१२ प्रतिखेलका दरले औषतमा प्रति ४४ मिनेट गोल भएको छ । यो आंकडा यसअघिको युरोको भन्दा थोरै हो । २०१२ मा २.४५ को औषतमा गोल भएको थियो ।

६०० – नानीले समूह चरणको पहिलो खेलमा आइसल्याण्डबिरुद्ध गरेको गोलले भलै पोर्चुगलले जित हात पार्न सकेन । तर त्यो गोल युरो इतिहासको ६ सयौं गोल थियो ।

र, २४ लाख २७ हजार ३०३ – यो आंकडा युरो २०१६ को अवधिमा रंगशालामै पुगेर खेल हेर्ने समर्थकको हो । औषतमा प्रति खेल ४७ हजार ५९४ जनाका दरले समर्थ रंगशाला पुगेका थिए । यो आंकडा सन् १९८८ को युरोपछि सबैभन्दा धेरै हो । जतिबेला ८ टोलीको मात्र सहभागिता रहन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment