Comments Add Comment

अमेरिकाको अदालत परिसरमा गोली चल्यो, दुई प्रहरीको मृत्यु

america_attack२८ असार, काठमाडौं । अमेरिकाको मिशीगन प्रान्तमा एक बन्दुकधारीले अदालत परिसमा गोली चलाउँदा दुई प्रहरीको ज्यान गएको छ ।

बन्दुक आक्रमणमा अन्य दुई प्रहरी समेत घाइते भएका छन् ।  प्रहरीका अनुसार आक्रमणकारी एक कैदी थिए जसले प्रहरीको बन्दुक खोसेका थिए । आक्रमणकारीको प्रहरी कारबाहीमा मृत्यु भएको छ । उनले गोली किन चलाए भन्नेबारे खुल्न सकेको छैन ।

हमलाको मिशिगनका गभर्नर रिक स्नाइडर ले ट्वीट मार्फत पुष्टि गरेका छन् ।  पाल बेलीले आफ्ना सहकर्मीको हत्या डराउने खालको भएको प्रतिक्रिया दिए ।

यस अघि डालस शहरमा एक व्यक्तिले पाँच प्रहरीको हत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment