+
+

बच्चाको दाँतको हेरचाह कसरी गर्ने ?

डा. प्रभात पोखरेल डा. प्रभात पोखरेल
२०७३ असार २९ गते १८:२१

बच्चाका दाँत निकै नाजुक हुन्छ । यसको सानैदेखि सही तरीकाले हेरचाह नगरे दाँतमा क्याभिटी हुने गर्छ । क्याभिटी भनेको दाँतमा उत्पन्न हुने प्वाल हो । यसलाई बेलैमा बन्द नगरे दाँतमा किरा लाग्छ ।

toothप्रायः सुगर पानी, गुलियो दूध लगायतका गुलियो पदार्थको लामो सेवन तथा धेरै समयसम्मको सेवनले बच्चाको दाँतमा क्याभिटी उत्पन्न हुन्छ । त्यसैले चिनी अथवा गुलियोलाई क्याभिटीको कारकतत्व पनि मानिन्छ । चिनीमा व्याक्टेरिया हुनाले क्याभिटी हुुन्छ । त्यही क्याभिटीका कारण दाँत किराले खान्छ ।

ठूलो मानिसको दाँतमा किरा लाग्दा जति घातक हुन्छ, बच्चाको दातमा किरा लाग्नु पनि उत्तिकै डरलाग्दो हुन्छ । त्यसको समयमै उपचार नभए गिजा पाक्न सक्छ । त्यसैगरी आँखा सुन्निने, अनुहार सुन्निने लगायतका समस्या देखा पर्छ । यस्तो बेला एन्टी बायोटिकले मात्र काम नगरी गिजा चिर्नु पर्ने सम्मको अवस्था सिर्जना हुन सक्छ । त्यसैगरी बालबालिकालाई अस्पतालै भर्ना गरी आवश्यक अपरेशन गर्नु पर्न सक्छ ।

वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र यस्ता समस्या भएका बालबालिका हप्तामा तीन जना सम्म देखा पर्छन् ।

यस्तो बालबालिकाका संक्रमण फैलिसकेपछि मात्र समस्या देखा पर्छ । त्यसैले रोग लाग्न नदिन तथा समस्याबाट बचाउन बालबालिकालाई दुई पटक ब्रस गराउन अनिवार्य छ ।

त्यसैगरी यस्ता समस्याबाट बालबालिकालाई बचाउन यी उपाय अपनाउनु जरुरी छ ।

१. आमाको दूधमा विभिन्न व्याक्टेरिया हुने भएकाले हरेक पटक बच्चालाई दूध चुसाएपछि नरम कपडाले उसको मुख सफा गरिदिने

२. बच्चाको दात उम्रेको छैन भने पनि हरेक पटक सुगर वाटर अथवा गुलियो पदार्थ ख्वाएपछि बच्चाको मुख सफा गरिदिने ।

३. बच्चाको दात आएदेखि नै ब्रस गरिदिने । बालबालिकाले आफैले ब्रस गर्न नसकेको अवस्थामा अभिभावक आफैले भएपनि ब्रस गराइदिएर उनीहरुलाई क्याभिटीबाट सुरक्षित गराउने ।

४. लामो समय तथा धेरै समयसम्म बालबालिकाको मुखमा गुलियो पदार्थ, लगायत सुगर वाटर नराखिदिने । विशेषगरी रात्रीको समयमा यस्ता कुराबाट बालबालिकालाई टाढै राख्ने

त्यसबाहेक भात, तरकारी लगायतका अन्य खानेकुरालाई नचपाइकन लामो समयसम्म मुखमा राख्दा मुखमा फोहर जमेर सास गन्हाउने, गिजामा समस्या देखिन सक्छ । यो समस्याबाट बालबालिकालाई जोगाउन पनि दिनकोदुई पटक विहान र बेलुका ब्रस गर्न अनिवार्य छ ।

(डाक्टर पोखरेल धरानस्थित वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अर्थोडोन्टिक्स हुन् । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?