Comments Add Comment

पिजनका उत्पादनहरु अब नेपाली बजारमा

pigeon-pots
२९ असार, काठमाडौं । आमा र शिशुहरुका लागि उपयोगी जापानी निर्मित पिजन ब्राण्डका सामान नेपाली बजारमा भित्रिएका छन् । विगत ६० बर्षदेखि विश्वका विभिन्न मुलुकमा पिजनका उत्पादनहरु लोकप्रिय हुँदै आएका छन् । त्यही उत्पादन नेपाली बजारमा भित्राएको बताइएको छ ।

पिजनका उत्पादनहरु व्यवसायिक घराना गोल्छा अर्गनाइजेसन अन्तर्गतको फष्ट स्टेप डिष्ट्रिब्युटर्सले भित्राएको हो । कम्पनीले दुधको वोतल, निप्पल, शिशु स्याहार तथा स्वास्थ्य सम्बन्धी सामग्रीहरु नेपाल ल्याएको हो ।

यी समानहरु देशका प्रमुख शहरहरुमा उपलब्ध हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment