Comments Add Comment

क्याम्ब्रिज विश्वविद्यालयबाट फर्केर बाख्रापालन

३० असार, काठमाडौं । विदेशको ख्यातिप्राप्त विश्वविद्यालयबाट उच्च शिक्षा अध्ययन गरेर नेपाली फर्केर बाख्रा पालन गरिरहेका छन् भन्दा जो कोहीलाई आश्चर्य लाग्नसक्छ ।

himalayan goatतर, बेलायतको लन्डनस्थित क्यामि्रज युनिभर्सिटीबाट बिजनेस म्यानेजमेन्टमा पोस्ट ग्रयाजुएट गरेकी रुपन्देही सैनामैनाकी ज्ञानकुमारी पुन विदेशको आकर्षक अवसर छाडेर स्वदेशमै बाख्रा पालनमा रमाइरहेकी छिन् ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसमेत गरेकी उनी आफ्नो पति प्रेमसागर पौडेललाई यही व्यवसायमा साथ दिइरहेकी अाजको कारोबार दैनिकमा समाचार छ ।

४४ वर्षीय उनका श्रीमान पौडेलले पनि समाजशास्त्रमा एमफिल तथा शिक्षाशास्त्र र साहित्यमा स्नातकोत्तर गरेका छन् ।

१६ भन्दा बढी पूस्तक लेखेका उनी हाल विद्याबारिधि गर्दैछन् । सैनामैना नगरपालिका ४ लपर्रोहा लखनपारामा यी दम्पत्तीले ३ वर्षअघि खोलेको सैनामैना सामुदायिक बाख्रापालन तथा नश्ल सुधार केन्द्र अहिले जिल्लाकै नमुना र्फम बनेको छ ।

पौडेल दम्पत्तीको यो र्फममा अहिलो बिभिन्न १३ जातका ३६४ बाख्रा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment