३० असार, काठमाडौं । बेलायतकी नयाँ प्रधानमन्त्री टरिजा मेले मन्त्रिमण्डल विस्तार गरेकी छन् ।एनले लण्डनका पूर्व मेयर बोरिस जनसनलाई विदेश मन्त्रीमा नियुक्त गरेर धेरैलाई आश्चर्यमा पारेकी छिन् ।
बेलायत युरोपियन युनियनबाट बाहिरिनुपर्छ भन्ने अभियानको नेतृत्व गरेका बोरिसलाई सुरुमा प्रधानमन्त्रीको दाबेदारका रुपमा हेरिएको थियो । तर, बोरिसले सुरुमा नै प्रधानमन्त्रीको दौडबाट हटेको घोषणा गरे ।
मेको मन्त्रिपरिषदमा पूर्व ऊर्जामन्त्री एम्बर रड गृहमन्त्री भएका छन् भने डेभिड डेभिस युरोपियन युनियनसँग वार्ता गर्ने मन्त्री बनेका छन् ।
जनमत संग्रहमा आफ्नो मत पराजित भएपछि डेभिड क्यामरनले राजीनामा दिने घोषणा गरेका थिए । र, बुधबार बेलायतले दोस्रो महिला प्रधानमन्त्रीका रुपमा ५९ वर्षीया मेलाई चयन गरेको थियो ।
बेलायतकी पहिलो महिला प्रधानमन्त्री मार्गरेट थ्याचर हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4