Comments Add Comment

प्रचण्डलाई भेट्न लाजिम्पाट पुगे उपप्रधानमन्त्री गच्छदार

Bijay-Gachhadar३१ असार, काठमाडौं । माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार गठनको गृहकार्य भइरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारबीच भेटवार्ता भएको छ ।

गच्छदार हाल केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री छन् । कांग्रेसको समर्थनमा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भइरहेका गच्छदारले पटक-पटक प्रचण्डसँग छलफल गरेका छन् ।

शुक्रबार बिहान प्रचण्ड निवास लाजिम्पाट पुगेका गच्छदारसँग नयाँ सरकार गठनको गृहकार्यबारे छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । भेटका अवसरमा प्रचण्डले गच्छदारलाई सरकारविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमा समर्थन गर्न आग्रह गरेका थिए ।

जवाफमा गच्छदारले यसबारे पार्टीमा छलफल गरी जवाफ दिने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment