Comments Add Comment

बलिउडकर्मीको घरवार ध्वस्त बन्दै, सलमानकी बहिनीको घर तोडिन् यामीले

pulkit samrat and yami gautm
बलिउड नायक सलमान खानकी बहिनी स्वेता रोहिराले आफ्नो घर विग्रनुको पछाडि नायिका यामी गौतमको हात रहेको आरोप लगाएकी छिन् । उनले यामीलाई ‘होम ब्रेकर’को समेत आरोप लगाइन् ।

पुलकित र यामीको प्रेमको कारण आफ्नो घर विग्रिएकाे आरोप स्वेताले लगाएकी छन् । यो बिषयमा अब नायिका यामी गौतमले पनि मौनता तोडेकी छिन् । उनले मिडियाको प्रश्नमा भनिन्-‘यस्तो वाहियात प्रश्नको जवाफ म दिन चाहन्न ।’

पुलकित र यामीको अफेयरको खबर मिडियाको आएको केही समय भयो । चलचित्र ‘सनम रे’को छायांकनको क्रममा यामीले पुलकितलाई खुबै माया गर्ने गरेको समाचार मिडियामा आएको थियो । केही समय अगाडि यामीले पुलकितको परिवारसँग भेटघाट पनि गरेकी थिइन् । उनले परिवारसँग लामो समय बिताएको गसिप बजारमा चर्चा छ ।

बलिउडकर्मी अहिले अर्काको घर विगार्न खुबै अगाडि देखिएका छन् । यस अगाडि पनि विभिन्न बलिउडकर्मीको घरवार विगि्रयो, जसको पछाडि अन्य बलिउडकर्मीको हात रहेको चर्चा हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment