
चलचित्र ‘जात्रै जात्रा’मा समावेश एक लोकलयको गीतको छायांकन गरिएको छ । यो गीतमा दर्शकले नायिका करिश्मा मानन्धर, सारा सिर्पाली र बर्षा राउतलाई देख्न सकिन्छ । तर, चलचित्रमा नृत्य गर्दै गर्दा नायिका करिश्मा मानन्धरको उपस्थितीले आफूहरुलाई डर लागेको नायिका बर्षा राउतले भनिन्–‘पक्कै पनि एक प्रकारको डर त छ । सबै ध्यान राम्रैतिर नै जान्छ भन्ने लाग्छ । म आफूलाई चुनौती महशुश गरिरहेको छु । उहाँलाई चुनौती दिन नै सकिदैन ।’
नायिका करिश्मा मानन्धरले भने आफ्नो उपस्थितीले चुनौती नहुने बताइन् । सबै मानिसमा आ–आफ्नै खुबी हुने भन्दै करिश्माले यो बर्षाको बडम्पन भएको बताइन् । यता, नायिका सारा सिर्पालीले भने आफूसँग निश्चल बस्नेत भएको कारणले पनि दर्शकको आँखा आफूमाथि जाने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4