+
+
Shares

अनमोलसँग ‘नट्टी’ हमाल

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १६ गते १२:५४

नायक राजेश हमाल गम्भिर कुराकानी गर्न जती सिपालु छन्, रमाइलो गर्दा पनि उत्ती नै खुल्छन् । हमालको यही स्वभावले नै हो, उनलाई ठाउँ अनुसार फराकिलो बन्न सहयोग गरिदिन्छ । अभिनेता राजेश हमाल र यूवापुस्तामा सुनिएका नायक अनमोल केसीविचको भेटवार्ताको किस्सा रमाइलो छ ।

अनमोल केसीले राजेश हमाललाई एउटा अवार्डको समयमा ट्वाइटेलमा भेटेका थिए । केही दिन अगाडि राजेशले संचालन गर्दै आएको ‘को बन्छ करोडपति’ शोमा पुगेका नायक अनमोल केसीसँग पत्रकारले यही कुरा निकाले । सो समयमा राजेश हमालले रमाइलो गर्दै भने–‘हो, उहाँले मलाई ट्वाइलेटमा भेट्नुएको थियो । मलाई आशा छ उहाँले पक्कै पनि माथि हेर्नुभएको थियो होला । तल हेरेको भए त बेहोस नै हुनुहुन्थ्यो ।’

राजेश हमालले यसो भनिरहँदा अनमोल लजाए । नायक राजेश हमाल अनमोल केसीसँग यति ‘नट्टी’ बनेको यो पहिलो पटक हो । हमालको यो कमेडीमा छेउमै रहेकी नायिका निरुता सिंह भने हाँसिन् मात्र ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?