+
+

समर्थन खोज्दै अनसन स्थल पुगे प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ३१ गते ११:३२

prachanda with upendra

३१ असार, काठमाडौं । संघीय गठबन्धनको अनसनस्थलमा पुगेर माओवादी अध्यक्ष प्रचण्डले आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् । प्रचण्डले अनसन त्याग्न र आफ्नो नेतृत्वमा बन्न लागेको सरकारलाई सघाउन आग्रह पनि गरे ।

३९ दिन अघि संघीय गठवन्धनका नेताहरुले खुलामञ्चमा अनसन सुरु गरेका थिए । उनीहरुले शुक्रबारदेखि नै अनसन त्यागेका छन् ।

शुक्रबार दिउँसो साढे तीन बजेतिर अनसनस्थलमा पुगेका प्रचण्डलाई संघीय गठवन्धनका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध ढाल्न सहयोग गर्ने तर नयाँ सरकारमा सहभागी हुने कि नहुने भनेर निर्णय गरिनसकेको बताएका थिए ।

आन्दोलनरत मधेसी मोर्चासहितको संघीय गठवन्धनले प्रधानमन्त्री ओलीविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले पेस गरेको अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।

संविधान पुनर्लेखनसहित २६ बुँदे मागहरू राखेर संघीय गठबन्धन आन्दोलनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?