Comments Add Comment

नाकाबन्दीका बेलामा बाहिर जिल्लाबाट ल्याइएका सिलिन्डर कहाँ साट्ने ?

Gas Line At Kalaiya (1)
२ असार, काठमाडौं । नाकाबन्दीका बेलामा बाहिरबाट ल्याएका ग्यास सिलिन्डर अहिले त्यतिकै थन्काउनु भएको छ ? त्यसो हो भने सिलिन्डर साट्न थाल्नुस् । आइतबारदेखि उद्योगहरुले आफ्ना गोदामहरुमा ग्यास सिलिन्डर साट्न सुरू भएको छ ।

अाजदेखि ८ गतेसम्म विभिन्न ग्यास कम्पनीका गोदममा सिलिन्डर साट्ने सूची सार्वजनिक भइसकेको छ । विशेषगरी नाकाबन्दीका बेलामा उपत्यकामा भित्रिएका ग्यास सिलिन्डरलाई काठमाडौंमै साट्ने व्यवस्था मिलाइएको एलपी ग्यास उद्योग संघले जनाएको छ । यसका लागि कम्पनीलाई कुनै अतिरिक्त शूल्क पनि तिर्नुपर्ने छैन ।

नाकाबन्दीको समयमा विभिन्न जिल्लाबाट उपत्यकामा भिएका ग्यास सिलिण्डर साट्न अहिले विभिन्न विक्रेताहरुले अरिरिक्त शुल्क लिने गरेका छन् । त्यसैले उपभोक्तालाई राहत दिनका लागि सिलिन्डर साट्ने व्यवस्था गरिएको संघले जनाएको छ ।

शक्ति, सहारा, मेची, त्रिशक्ती, कन्काई, रिजालको भान्छा, कामख्य, प्रिमा, कोशी, नोवेल जानकी, जगदम्वा, सुपर, लियो र अम्वर ब्राण्डका ग्यास सिलिन्डर साटिनेछ ।

यसैगरी राप्ती, भेरी, न्युभेरी, मनकामना, आदेश, रेडियन्ट, नेपाली, नारायणी, आरती, स्वस्तिक, वुटवल पनि साटिने भएको छ । संघले सिलिण्डर खाली मात्र लिईने बताएको छ । सिलिण्डरको सट्टापट्टा निःशुल्क गरिनेछ ।

कुन उद्योगले कहाँ साट्दै छन् ?

gas-notice

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment