+
+

आइसियु सुविधा नहुँदा सर्पदंशका बिरामी समस्यामा

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २ गते १५:२८

नवलपरासी। नवलपरासीमा सघन उपचार कक्ष (आइसियु) सेवा प्रदान गर्ने अस्पताल नहुँदा सर्पदंशका बिरामीले दुःख पाएका छन् । सघन उपचार कक्षमा उपचार गरिनुपर्ने बिरामी जिल्ला बाहिर पठाउँदा बाटामै ज्यान जाने जोखिम छ ।

cobra-snakeवैशाखदेखि असोजसम्म नवलपरासीमा विषालु सर्पको डसाइका बिरामी अत्यधिक हुने गर्छन् । करेत र गोमन प्रजातिका सर्पको डसाइले यहाँका बासिन्दाको ज्यान जाने गरेको छ ।

वैशाखयता नवलपरासीमा झन्डै ४ सय ५० को हाराहारीमा सर्पले डसेका बिरामी अस्पताल अाउने गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कालीगण्डकी सामुदायिक अस्पताल कावासोतीका सर्पदंश विशेषज्ञ डा. छविलाल थापाले त्रिवेणीमा अझ विषालु रसयल भाइपर प्रजातिको सर्पको डसाइका बिरामी भेटिने र त्यसको उपचार जटिल भएको बताए ।

सर्पले डसेका बिरामीमध्ये ९० प्रतिशत अविषालु सर्पले डसेका बिरामी पर्छन्, १० प्रतिशत विषालुका हुन्छन् । कालीगण्डकी अस्पतालले शल्यक्रिया सेवा गरेसँगै सघन उपचार कक्ष सेवा सुरु गर्ने जनाएको छ । तत्कालका लागि ‘पोर्टेवल भेन्टिलेटरको व्यवस्था गर्न लागेका छौँ ”– डा. थापाले भने ।

नवलपरासीको पृश्वीचन्द्र जिल्ला अस्पताल परासी, नेपाली सेनाको त्रिवेणी ब्यारेक र कालीगण्डकी सामुदायिक अस्पताल कावासोतीमा सर्पदंशको उपचार हुने गरेको छ । कालीगण्डकी सामुदायिक अस्पतालमा सर्पदंश विशेषज्ञ डा. थापाबाट बिरामीले सेवा पाउने गर्छन् । सर्पदंशका लागि नेपालकै विशेषज्ञ डा. थापा यहाँ भए पनि सघन उपचार कक्ष सेवा अस्पतालमा नहुँदा सर्पदंशका बिरामीलाई चितवन पठाउनुपर्ने अवस्था छ ।

रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?