Comments Add Comment

लर्डस् टेष्टमा इंग्ल्याण्डमाथि पाकिस्तानको शानदार जित

pakistan३ साउन, काठमाडौं । पाकिस्तानले इंग्ल्याण्डलाई लर्डस् टेष्टमा ७५ रनले पराजित गरेको छ, र चार टेष्ट म्याचको श्रृखलामा १-० को अग्रता लिएको छ ।

चौथो दिन जितका लागि २८३ रनको लक्ष्य पाएको इंग्ल्याण्डको टीम २०७ रनमै अलआउट भयो । पाकिस्तानका लेग ब्रेक स्पिनर यासिर शाहले दोस्रो पारीमा ६९ रन दिएर चार विकेट लिए । कुल १० विकेट लिएका उनी म्यान अफ दि म्याच बने ।

यसअघि पाकिस्तान दोस्रो पारीमा २१५ रनमा अलआउट भएको थियो । उसका लागि असद शफीकले सर्वाधिक ४९ रन बनाए भने इंग्ल्याण्डका सीआर वोक्सले ५ विकेट लिएका थिए ।

पहिलो पारीमा पाकिस्तानले कप्तान मिस्बाह उलहकको शतकको मदतमा ३३९ रन बनाएको थियो । यससँगै मिस्बाह सबैभन्दा बढी उमेरमा शतक बनाउने ब्याट्सम्यानको सूचीमा परे ।

इंग्याण्डले भने पहिलो पारीमा २७२ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment