Comments Add Comment

सलमान भन्छन्-‘मेरो जीवन निकै वोझिलो छ, बायोपिक बनाउन दिन्न’

salman khan in sultan sucess party
चलचित्र ‘सुल्तान’ प्रमोशनको क्रममा बलात्कारको सन्दर्भ जोडेर टिप्पणी गरेपछि बलिउड नायक सलमान खान निकै विवादमा आए । त्यसपछि उनी मिडियावाट टाढा-टाढा भए ।

चलचित्र ‘सुल्तान’ले १० दिनमा २२० करोड कमाई गरेपछि सलमान मिडिया सामु आउन वाध्य भए । सलमानले मुम्बइमा रहेको आफ्नै फार्म हाउसमा २० पत्रकारलाई बोलाए ।

हरियालीको बिचमा रहेको पुरानोे स्टाइलको हवेलीमा सलमान मोटरसाइकल हाँकेर पुगेका थिए । कुराकानीको क्रममा एक पत्रकारले जब चलचित्र रिलिजअघि भएको विवादको वारेमा सलमानलाई प्रश्न गरे, हाँसो मजाकको वातावरण हराएको अनुुभुति भयो ।

सलमानले लामो श्वास लिए । पुरानो विवादले उनी हैरान भएकोे प्रष्ट देखिन्थ्यो । उनी अलिकति रिसाउँदै भने- ‘तपाई बरिष्ठ कहलिनुहुन्छ भने जे मन लाग्छ, लेख्न सक्नु हुन्छ । मैले बोलेको कुराहरुलाइ तपाइहरुले धेरै पटक तोडमोड गरेर लेख्नु भएको छ । तपाइहरुको कामवाट म दुःखी छु ।’ त्यसो त ‘सुल्तान’कै सन्दर्भमा आफूले बोलेको विषयमा विवाद भएपछि उनको बुबा सलिम खानले माफी मागेका थिए । यस अर्थमा उनी आफ्ना बुबालाई महान् समिक्षक मान्छन् ।

उनी आफ्नी आमाको सबै भन्दा प्यारो छोरा भएको दाबी गर्छन् । ‘मेरी आमाको दृष्टिमा म नम्बर वान हुँ, अरुले के भन्छन् म चासो राख्दिन’, उनले अगाडि भने-‘केही पटक गल्ति गर्दा पनि मेरी आमाले मलाई माफी दिनु भएको छ ।’

उनले आफ्नो बायोपिकमा चलचित्र बनाउने अनुमती कसैलाइ नदिने बताएका छन् । उनी भन्छन्-‘मेरो वास्तविकता म बाहेक अरु कसैलाई थाहै छैन ।’
उनले आफ्नो जिन्दगी बोझिलो भएको भन्दै यस्तो बोझिलो जीबनमाथी चलचित्र बन्न असम्भव रहेको बताए ।

‘बडीगार्ड, किक, बजरंगी भाइजान, सुल्तान’ जस्ता हिट चलचित्रमा अभिनय गरेरका सलमानका ‘युवराज, वीर’ जस्ता दर्जनौ चलचित्र असफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment