३ साउन, काठमाडौं । इंग्लिस पि्रमियर लिग क्लव चेल्सीका पूर्व स्ट्राइकर डेम्बा बाको खुट्टा भाँचिएको छ । र, उनको फुटबल करियर अन्त्यको अनुमान गरिएको छ ।
चाइनिज सुपर लिगमा भएको खेलका क्रममा सेनेगलका ३१ वर्षे फवार्ड बाको देब्रे खुट्टा भाँचिएको हो । खेलका क्रममा खुट्टा भाँच्चिएको दृश्य निक्कै डरलाग्दो देखिन्छ ।
सांघाई सेन्हुवा र सांघाई सीआईपीजीको खेलका क्रममा यो घटना भएको हो । खेलको ६४ औं मिनेटमा सेन्हुवाका बा र सीआईपीजीका कप्तानको खुट्टा ठोक्किएको थियो । लगतै मैदानमा ढलेका उनको खुट्टा भाँचिएको छ ।
सांघाई सेन्हुवाका प्रशिक्षकले यो घटनासँगै डेम्बा बाको फुटबल करियर अन्त्य भएको मानिएको बताए ।
वेष्टहृयाम, न्यूक्यासल र चेल्सी हुँदै टर्कीस क्लब पुगेका उनी गत जुलाईमा चिनियाँ क्लबमा गएका थिए ।
हेर्नुस् भिडियो
प्रतिक्रिया 4